पूर्वराजा ज्ञानेन्द्र झापा जाँदै

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह आज (शुक्रबार) झापा भ्रमणमा निस्किँदै छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को व्यवस्थापनमा उनले झापा भ्रमण गर्न लागेका हुन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजा आज दिउँसो झापा प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी दिए। ‘बिर्तामोडस्थित ई कम कलेजमा निर्मित पृथ्वीनारायणको सालिक अनावरण गर्न उहाँ त्यहाँ जान लाग्नुभएको हो’, उनले भने।

उनका अनुसार पूर्वराजा आज दिउँसो काठमाडौँबाट हवाईजहाजमार्फत झापा प्रस्थान गर्नेछन्। उनको भ्रमण व्यवस्थापनका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै छन्। राप्रपा प्रवक्ता श्रेष्ठका अनुसार पूर्वराजा ज्ञानेन्द्र धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम छ। भोलि शनिबार धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागतमा ८ हजार मोटरसाइकलको र्‍याली गरिने दाबी उनले गरे।

बिर्तामोडमा पूर्वराजा शाहले ४५ मिनेट हिँडेर सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम पनि रहेको उनले बताए। ‘कार्यक्रममा ५० हजार जनाको सहभागिता रहने आकलन छ’, श्रेष्ठले भने। काठमाडौँमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै दुर्गा प्रसाईंको समूहले प्रदर्शन गरेको भोलिपल्टै राप्रपाले पूर्वराजा ज्ञानेन्द्रलाई झापाको भ्रमण गराउन लागेको हो।

बाल्यकालमा नजानेर मोहनशमशेरको मोहरा, बुढेसकालमा जानीजानी दुर्गा प्रसाईंको मोहरा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रसाईं समूहको प्रदर्शनप्रति खुसी व्यक्त गर्दै पूर्वराजाको झापा भ्रमण पनि यसैगरी ‘सफल’ हुने अपेक्षा गरेका छन्।

Facebook

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖