दुर्गा प्रसाईं – आमाको दूध पिएको छ भने मलाई जेल हालेर देखाऊ

काठमाडौँ । नेपाल प्रहरीको स्पेसल टास्क फोर्स परिचालन पछि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई जेल हाल्न नसक्ने बताएका छन् ।

प्रसाईंले सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले थुन्ने प्रयास गरेको तर जेल हाल्न नसकेको बताएका हुन् । यदि आफूलाई जेल हालेमा प्रधानमन्त्रीलाई त्यसको नतिजा बारे थाहा हुने बताए ।

उनले भने ‘ तपाइ हामीले ल्याएको गणतन्त्रमा यस्तै हुन्छ? सम्माननीय प्रधानमन्त्रीले थुन्ने प्रयास गर्छन् तर त्यसपछि प्रधानमन्त्रीलाई नै थाहा हुन्छ के हुन्छ भनेर । २० वर्ष सँगै बसेर खाको हो ।’

उनले प्रधानमन्त्रीसँगै २० वर्षसँगै समय बिताएको बताए । उनले आफूलाई जेल हाल्न नसक्नुको कारण प्रधानमन्त्रीलाई स्वयमलाई मात्र थाहा हुने बताए ।

उनले भने ‘म किन समातिएको छैन त वरिपरि पुलिस नै पुलिस छन् । आमाको दूध पिएको छ भने हालेर हेरोस् न जेल’ ।

उनले आफ्नो वरपर पुलिस नै पुलिस भएपनि समात्न नसकेको बताए ।त्यस्तै प्रशासनको अनुमति विनै तीनकुनेमा आन्दोलन गर्न थालेपछि प्रसाईँको समर्थनमा उत्रिएका प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । यसबारे प्रतिक्रिया दिँदै उनले भने ‘प्रहरीले जतिमान्छे समात्यो त्यति राम्रो । माओवादी जनयुद्ध पनि दमन भएपछि सक्किएको थियो नि त । हामीले दमन देखेका छैन । विश्वले दमन देखेको छ ।’

उनले जति प्रदर्शनकारी समातियो त्यत्ति नै राम्रो हुने बताए ।प्रहरीले प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा गएका २६ जना पक्राउ परिसकेका छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖