शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने :मुख्यमन्त्री कार्की

मोरङ, २५ मङ्सिर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी एक महिनाभित्र शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री कार्कीले आज मन्त्रालयका कर्मचारीसँगको छलफलमा विराटनगर–१० रहेको केन्द्र अगामी एक महिनाभित्र सञ्चालन हुने गरी काममा कुनै किसिमको ढिलासुस्ती नगरी लाग्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले स्वास्थ्य केन्द्र तथा मन्त्रालयका काम नागरिकको जीवनसँग जोडिएको विषय भएकाले कर्मचारीले विशेष गरी स्वास्थ्य सुरक्षाप्रति संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । “मन्त्रालयअन्तर्गत कुनै नयाँ अनुसन्धान गर्नुपर्ने आवश्यक भएमा नागरिकप्रति उत्तरदायी भएर गर्नुपर्छ”, उहाँले भन्नुभयो, “दुगर्म तथा ग्रामीण क्षेत्रमा सेवा प्रभावमा कुनै कमी हुनुहुदैन ।”

रकम अभावमा नागरिक उपचारविहीन अवस्था भएर मृत्यु हुन नदिने उद्देश्यले सबैले काम गर्नुपर्नेमा मुख्मन्त्री कार्कीले जोड दिनुभयो । छलफलका क्रममा ओखलढुङ्गाका साथै अन्य एक अस्पतालमा आगामी १५ दिनभित्र विशेषज्ञसहित उपचार सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था गर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।

मन्त्रालयकी सचिव डा सुधा देवकोटाले मन्त्रालयअन्तर्गतका कार्यालयमा समन्वयको अभाव रहेकाले सोको व्यवस्था गर्न मुख्यमन्त्री समक्ष आग्रह गर्नुभयो । मन्त्रालयअन्तर्गतका प्रदेश आपूर्ति व्यवस्था, स्वास्थ्य कार्यालय, प्रदेश प्रयोगशालालगायत कार्यालयका प्रमुख एवं कर्मचारीले आ–आफ्नो कार्यालयले प्रदान गर्ने सेवाका विषयमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।