विराटनगरमा ह्याम्स अस्पतालको सिएमई कार्यक्रम

विराटनगर । ह्याम्स अस्पतालले विराटनगरको बिग होटलमा कन्टिन्युइङ मेडिकल एजुकेसन (सिएमई) कार्यक्रम सम्पन्न गरेको छ ।

मुलुकको सबै प्रदेशमा वर्षमा कम्तिमा एउटा सिएमई कार्यक्रम गर्ने उद्देश्यका साथ धनगढी पश्चात विराटनगरमा उक्त शैक्षिक कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ ।

महत्वपूर्ण विधाका अनुसन्धान तथा उपचार पद्धतिसँग सम्बन्धित विषयका बारेमा ह्याम्समा कार्यरत देशकै उत्कृष्ट चिकित्सकहरूद्वारा ज्ञान तथा सीप आदान प्रदान गर्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मुटुको चाल सम्बन्धी उपचारमा अग्रणी भूमिका खेल्दै आएका ह्याम्समा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रोशन राउतले मुटु कमजोर भएका बिरामीमा प्रत्यारोपण गरिने विशेष पेशमेकरको बारेमा जानकारी दिएका थिए ।

फोक्सो रोग विशेषज्ञ डा. रक्षा पाण्डेले फोक्सोमा हुने जटिल रोग आइएलडी (इन्टरष्टिसियल लङ्ग डिजिज) को नयाँ अनुसन्धान तथा उपचारको बारेमा जानकारी दिएकी थिइन् । साथै कोशी अस्पतालमा कार्यरत पेट रोग विशेषज्ञ डा.भुवनेश्वर यादवले पनि पेट सम्बन्धी रोगको बारेमा जानकारी दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖