सिधुवा बहुउद्देश्यीय सहकारी संस्थाको ३० औं वार्षिक साधारण सभा सम्पन्न

धनकुटा । छ्थर जोरपाटी-६ स्थित रहेको सिधुवा बहुउद्देश्यीय सहकारी सस्थाले आफ्नो ३० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सस्थाको अध्यक्ष इन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा श्रेष्ठले सस्थाको वार्षिक प्रगती प्रस्तुत गरेका थिए । अध्यक्ष श्रेष्ठले स्थापना देखि नेतृत्व गर्दै आएको सस्थामा सस्थाको आफ्नै व्यवसायिक भवन बनाउन सक्षम रहेको र अब सस्थाको भवन को बाकी काम सक्दै अब आउने साधारण सभाबाट युवा नेतृत्व स्थापित गर्ने समेत आफ्नो योजना रहेको बताए ।

लेखा तथा सुपरिबेक्षण समितिका सम्योजक शेखर थापाले आम्दानी तथा खर्च विवरण पेश गरेका थिए । थापाको अनुसार सस्थाले गत आर्थिक वर्ष २०७९/०८० मा रु. ३३लाख ,५१ हजार ,३सय ५८ आम्दानी गरेकोमा रु. ३२ लाख ,२७ हजार ,२ सय ८४ पैसा २५ खर्च गरि खुद नाफा रु. १लाख ,३४ हजार ,७३ रुपैया ७५ पैसा गरेको थियो ।

महालक्ष्मी नगरपालिका वडा नम्बर ९ को वडाध्यक्ष टेक बहादुर थापाको प्रमुख आतिथ्यता सम्पन्न साधारणसभामा सस्थाको बारेमा विभिन्न अतिथिहरुले आफ्नो धारणा राखेका थिए ।

साधारण सभालाई सम्बोधन गर्दै सुलभ साकोसको अध्यक्ष मेघेन्द्र गुरुङले शेयर सदस्यहरुको साथबाट सस्थाले चार तलाको पक्की भवन बनाउन सफल भएकोले अब छिटै माथिल्लो दुई तलालाई पार्टी प्यालेसको रुपमा अगाडि बढाइने बताए । त्यस्तै सगरमाथा बोर्डिङका प्रधानाध्यापक दिबेश खड्काले सस्थाले अब नयाँ प्रबिधिलाई आत्मसात गर्दै नाफा वृद्धि हुने गरि नयाँ नयाँ कार्यक्रम सन्चालन गर्नु पर्ने बताए ।

   साधारण सभाबाट रिक्त रहेको दुई सदस्यमा झमक बहादुर कार्की र भिमकला श्रेष्ठलाई सदस्यको लागि नाम प्रस्तावित गर्दै अनुमोदन समेत गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖