‘रिभरगाइड’ मजदुरद्वारा पारिश्रमिक वृद्धि गर्न माग

मुग्लिन (चितवन), १८ पुसः जलयात्रामा आश्रित मजदुर (रिभरगाइड)ले पारिश्रमिक बढाउनुपर्ने माग गरेका छन् । उनीहरुले कम्तीमा दैनिक ज्याला तीन हजार हुनुपर्ने माग गरेका हुन् । चितवनको इच्छाकामना–३ फिस्लिङमा सम्पन्न हिमालयन रिभरगाइड एसोसिएसन (हर्गान)को १५औँ साधारणसभाले कम्तीमा रिभरगाइडको दैनिक पारिश्रमिक रु तीन हजार हुनुपर्र्ने निर्णय समेत गरेको छ । हर्गानका उपाध्यक्ष डोलबहादुर गुरुङले अनुसार जलयात्रा मजदुरले हाल दैनिक ज्याला रु दुई हजार पाँच सय पाउँदै आएका छन् । साथै साधारणसभाले धेरै दिनको यात्रामा जान परेमा रिभरगाइडको दैनिक ज्याला रु चार हजार हुनुपर्ने माग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

काममा लामो समय खटिनुपर्ने भएकाले हाल पाइरहेको दैनिक पारिश्रमिक कम भएको उनीहरुको भनाइ छ । लामो समयदेखि रिभरगाइडको काम गर्दै आउनुभएका चितवनका मिलन गुरुङले बिहानदेखि राति अबेरसम्म खटिनुपर्ने भएकाले हाल जलयात्रा पर्यटन व्यवसायीहरुले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा वृद्धि गर्नुपर्ने आफूहरुको माग रहेको बताउनुभयो ।

उहाँले भन्नुयो, “पर्यटकलाई बिहानदेखि बेलुका अबेरसम्म समय दिनुपर्ने हुन्छ, दिनभर जलयात्रा (राफ्टिङ गराएर होटलसम्म पु¥याउनुपर्ने हुन्छ, सधैँ काम हँुदैन ‘सिजन’मा मात्र हुने कमाईले दैनिक गुजारा चलाउनसमेत कठिन हुन्छ ।”

त्रिशूली नदीमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रो पावर निर्माण रोक्न पनि रिभरगाइडले माग गरेका छन् । सो स्थानमा बन्ने हाइड्रो पावरले त्रिशूली नदीको जलयात्रामा आश्रित स्थानीय ७० जनाभन्दा बढीको रोजगारी नै गुम्ने रिभरगाइड गुरुङको भनाइ छ । साथै सो आयोजनाका कारण एक सय ५० भन्दा रिभरगाइडको रोजगारीमा असर पुग्ने उहाँको भनाइ छ । जलयात्राका लागि विश्वमै उत्कृष्ट मानिने त्रिशूली नदीको सौन्दर्यता बिग्रनाका साथै जलयात्रा व्यवसायी र त्यसमा आश्रित मजदुरको रोजीरोटी खोसिने हर्गानको ठहर छ । त्रिशूली नदी बचाउनका लागि सम्बन्धित निकायमा खबरदारी गर्नेलगायत सङ्घर्षका कार्यक्रमहरु गर्ने जनाएको छ । यसअघि पनि जलयात्रा मजदुर र व्यवसायीले विरोधस्वरुप राजमार्गमा पदयात्रा गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।