शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनका लागि तयारी पूरा, भाोलि उद्घाटन हुँदै

विराटनगर । शैलजा आचार्य हृदय राेग केन्द्र विराटनगर अस्पतालकाे सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएकाे छ । काेशी प्रदेश सरकारले सञ्चालन गर्न लागेकाे उक्त अस्पतालकाे साेमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएकाे हाे । उक्त अस्पतालकाे उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङ्, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर काेइराला र मुख्यमन्त्री केदार कार्कीले संयूक्त रूपमा गर्ने प्रदेश सरकारकाे तयारी छ ।

मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकबाट चालू आर्थिक वर्षका लागि ल्याएकाे बजेटमार्फत शैलजा आचार्य हृदय राेग केन्द्र अस्पताल सञ्चालनकाे घाेषणा गरेका थिए । अस्पताल सञ्चालनका लागि चिकित्सक, उपकरण, भाैतिक संरचना लगायतका सम्पूर्ण तयारी पूरा भएकाे प्रदेश स्वास्थ्य मन्त्रालयकि सचिव डा. सुधा देवकाेटाले बताइन् ।

प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता काेइराला, मुख्यमन्त्री कार्की, प्रदेश याेजना आयाेगका उपाध्यक्ष पुरञ्जन आचार्य, गणेशराज कार्कीलगायतले उक्त अस्पताल सञ्चालनका लागि गरिएकाे तयारीकाे आइतबार अनुगमन गरेका छन् । उनीहरूले अस्पतालसँगै रहेकाे प्रदेश जनस्वास्थ्य प्रयाेगशालाकाे समेत अनुगमन गरेका हुन् । उक्त प्रयाेगशालामा नै उक्त अस्पतालमा उपचारका लागि आउने बिरामीहरूकाे आवश्यक स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरेकाे हाे । अनुगमनका क्रममा कांग्रेस नेता काेइरालालगायतका व्यक्तिहरूले जनस्वास्थ्य प्रयाेगशालामा स्वास्थ्य परीक्षण समेत गराएका थिए ।

अनुगमनपछि काेइरालाले हृदय राेग उपचारका लागि शैलजा आचार्य हृदय राेग केन्द्र उपयुक्त भएकाे बताएका छन् । उनले यस अस्पतालले काठमाडाैं बाहिर बिरामीहरूकाे हृदय राेगकाे उपचारकाे ढाेका खुलेकाे बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले काेशी प्रदेशका हृदय राेगका बिरामीहरूकाे उपचार संघीय सरकारकाे एक लाख र प्रदेश सरकारकाे एक लाख गरी दुई लाखले निःशुल्क उपचार हुने बताएका हुन् । उनले याे अस्पताल सञ्चालनले काेशी प्रदेशका साथै मधेस प्रदेशका हृदय राेग बिरामीलाई काठमाडाैं र भारत धाउनै पर्ने बाध्यात्मक अवस्थाकाे अन्त्य भएकाे बताएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖