´कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको नि:शुल्क उपचार सुरू`

विराटनगर । काेशी प्रदेशका १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार साेमबारबाट सुरू भएकाे छ । मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नाेबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्राे अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झाैता गरेर उक्त उमेर समूहका बालबालिकाकाे निःशुल्क उपचार सुरू गरेकाे हाे ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकाेटाले नाेबेल शिक्षण अस्पतालबाट साेमबार अैापचारिक रूपमा बालबालिकाहरूकाे निःशुल्क उपचार सेवा सुरू गरेकी हुन् । ´प्रदेश सरकारकाे निःशुल्क उपचार सेवा काेशी प्रदेशमा स्थायी बसाेबास गर्नेले मात्रै पाउने छन्,` उनले भनिन्, ´निःशुल्क उपचार सेवा लिन बालबालिका बिरामी हुने बित्तिकै नजिककाे स्वास्थ्य चाैकीमा उपचार गराउन लग्ने तर त्यहाँ नभएपछि नजिककाे अस्पतालमा रेफर गर्ने र अस्पतालमा पनि उपचार सम्भव नभएकाे अवस्थामा मात्रै निःशुल्क विशेषज्ञ सेवा लिन रेफरसहित यी ताेकिएकाे अस्पतालमा उपचारका लागि आउनुपर्छ ।`

निःशुल्क आकस्मिक सेवा(इमेर्जेन्सी सेवा) लिनुपर्ने बिरामी बालबालिकाकाे स्थायी बसाेबास भएकाे खुल्ने सरकारी कागजात हुनुपर्ने सचिव देवकाेटाले बताइन् । निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले ताेकेबमाेजिमकाे अैाषधीसमेत प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएकाे देवकाेटाले बताइन ।
झापाकाे भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेकाे बालराेग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरू गरेकाे उनले सुनाइन् ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा मानवीय विकासका लागि चालू आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएकाे बजेटमा १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचारकाे याेजना ल्याएर कार्यान्वयन गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖