विश्वका शीर्ष धनकुबेरको सम्पत्तिमा सुनामी, तेस्रो स्थानमा झरे एलन मस्क, पहिलो र दोस्रो को-को ?

एजेन्सी । विश्वका शीर्ष धनाढ्यहरुको सम्पत्तिमा मंगलबार भारी गिरावट आएको छ। पछिल्लो २४ घन्टामा जेफ बेजोसले ३.२५ अर्ब डलर र बर्नार्ड अर्नाल्टले २.१६ अर्ब डलर गुमाएका छन् भने एलन मस्कको सम्पत्ति ५.२९ अर्ब डलरले घटेको छ। मार्क जुकरबर्गको सम्पत्ति पनि २.७९ अर्ब डलरले घटेर १७६ अर्ब डलरमा झरेको छ।

त्यस्तै बिल गेट्सको सम्पत्ति १.०९ अर्ब डलरले घटेर १४९ अर्ब डलरमा र स्टिभ बाल्मरको सम्पत्ति ३.९२ अर्ब डलरले घटेर १३९ अर्ब डलरमा झरेको छ। वारेन बफेटको कुल सम्पत्ति घटेर १३२ अर्ब डलरमा खुम्चिएको छ। ल्यारी एलिसनको सम्पत्ति २.९६ अर्ब डलरले घटेर १२६ अर्ब डलर, ल्यारी पेजको कुल सम्पत्ति ४२८ लाख डलरले घटेर १२२ अर्ब डलर र सर्गेई ब्रिनको कुल सम्पत्ति ३३६ लाख डलरले घटेर ११६ अर्ब डलरमा झरेको छ।

सम्पत्तिमा आएको गिरावटसँगै विश्वका शीर्ष १० अर्बपतिको सूचीमा ठूलो उथलपुथल भएको छ। पछिल्लो ४८ घन्टामा सबैभन्दा ठूलो क्षति टेस्ला र स्पेसएक्सजस्ता ठूला कम्पनीका सीईओ एलन मस्कले व्यहोरेका छन्। यो दुई दिनमै एलन मस्क विश्वको नम्बर १ धनीव्यक्तिको स्थानबाट झरेर तेस्रो स्थानमा पुगेका छन्। उनको कुल सम्पत्ति पनि १९२ अर्ब डलरमा झरेको छ।

अमेजनका संस्थापक जेफ बेजोसले मस्कबाट विश्वको नम्बर १ धनीको कुर्सी खोसेको भोलिपल्टै फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टले मस्कलाई दोस्रो स्थानबाट हटाएर आफू माथि उक्लिए। मस्कका लागि २०२४ को सुरुआत सुखद् हुन सकेको छैन। यो वर्ष अहिलेसम्म उनको कुल सम्पत्ति ३६.६ अर्ब डलरले घटेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖