सहिदभूमिमा एक दिने नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुने
धनकुटा । धनकुटाको सहिदभूमि गाउंपालिकामा १ दिने नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
आयुर्वेदको वरिष्ठ डाक्टरहरुद्वारा जांच गरिने उक्त शिविरमा अम्लपित(ग्याष्ट्रिक), बाथरोग, उदर (पेट सम्बन्धि ) रोग, छातीको रोग,स्त्री रोग,छाला रोग,मूत्र(पिसाव सम्वन्धि रोग, जण्डिस, मधुमेह ( चिनी रोग), अर्श, बाबासीर, भगन्दर, बाल रोग आदि रोगहरुको उपचार गर्नुको साथै निःशुल्क सुगर (चिनी) रोगको ल्याब जाँच गरिनेछ ।
शिविर चैत ७ गते बिहान ८:३० बजे देखि ४:०० बजे सम्म श्री पंचकृष्ण मा. वि. पिप्लेमा संचालन हुने गापाद्वारा जारी सुचनामा उल्लेख ।
शिविरको आयोजना सहिदभूमि गाउँपालिका ,छिन्ताङ्ग आयुर्वेद औषधालय
छिन्ताङ धनकुटाले गरेको हो ।



