आत्मघाती बम विस्फोटमा २१ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको कान्दाहारमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ ।

बिहीबार अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार बम विष्फोट भएको थियो ।

धेरैजसो सरकारी कर्मचारी तलब निकाल्न लाइनमा उभिरहेको बेला विस्फोट भएको हो । विस्फोटबाट कम्तिमा २१ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ ।

विस्फोटको जिम्मा इस्लामिक स्टेट (आइएस)ले लिएको छ । उसले तालिबानलाई लक्षित गरी विस्फोट गराएको बताएको छ ।

बिबिसीका अनुसार विस्फोटमा ५० जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरूको कान्दाहारस्थित मिरवाइस अस्पतालमा उपचार भइरहेको छ ।

यो अफगानिस्तानमा यस वर्षको सबैभन्दा ठूलो विस्फोट हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖