रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युक्रेनको उत्तरपूर्वी क्षेत्रमा आक्रमण बढाउन सक्ने आशंका व्यक्त गरेका छन् ।

जेलेन्स्कीले खार्किभ नजिकका क्षेत्रहरूमा हालैको सफलतापछि रुसले यो कदम चाल्ने दाबी गरेका छन्। रुसी सेनाले युक्रेनको मोर्चालाई कमजोर बनाउने प्रयास गरिरहेको छ ।

जेलेन्स्कीले युक्रेनी सेनाको मनोबल कमजोर भएको र केही इकाइहरू पूर्ण रूपमा खाली भएको स्वीकार गरेका छन् ।

जेलेन्स्कीले युक्रेनसँग हाल सुरक्षाको लागि हुनु पर्ने हतियारको २५ प्रतिशत मात्र रहेको बताएका छन् । अमेरिकाले भर्खरै युक्रेनलाई ६१ अर्ब रुपैयाँको सहायता प्याकेज घोषणा गरेको छ र सैन्य सहायता पनि समावेश छ ।

पछिल्ला केही दिनमा रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभको उत्तरपूर्वी क्षेत्रका धेरै गाउँहरू कब्जा गरेको दाबी गरेको छ । खार्किभका गभर्नरले पछिल्लो एक सातामा करिब १० हजार मानिस खार्किभ छाड्नुपरेको बताएका छन्  ।

यद्यपी गभर्नरले युक्रेनी सेनाले स्थिति नियन्त्रणमा राखेको दाबी पनि गरेका छन् । जबकी जेलेन्स्कीले युक्रेनलाई मोर्चामा थप सैनिकहरू चाहिने बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖