भेडेटारमा करदाता शिक्षा कार्यक्रम सम्पन्न
धनकुटा । सागुरीगढी गाउपालिका र धनकुटा उद्योग बाणिज्य संघ धनकुटाको संयुक्त आयोजनामा भेडेटारमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमको उद्घाटन गर्दै सागुरीगढी गाउपालिका धनकुटाका अध्यक्ष जितेन्द्र राईले समयमा कर तिरेर असल नागरिक बन्न सवैलाई आव्हन गर्नु भयो । उहाले करलाई व्यवहारिक र बैज्ञानिक बनाउने वताउनु भयो ।
सागुरीगढी गाउपलिकाका उपाध्यक्ष तथा राजश्व परार्म समिति सागुरीगढी गाउपालिकाका संयोजक मुना राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा सागुरीगढी गाउ कार्यपालिका सदस्य तथा आर्थिक विकास समितिका संयोजक बालकृष्ण राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्कले करको दायरालाई फराकिलो बनाउनु पर्ने र कर नागरिकले तिर्न सक्ने खालको निर्धारण गर्नु पर्ने वताए । कार्यक्रमको संचालन धनकुटा उद्योग बाणिज्य संघका महासचिव श्रीराम रायमाझीले गर्नु भएको थियो ।
कार्यक्रममा सागुरीगढी गाउपालिकाका विभिन्न बजार क्षेत्र लगायत अन्य क्षेत्रका व्यपारी तथा व्यावसायीहरुको सहभिगता रहेको उक्त कर शिक्षा कार्यक्रममा सागुरीगढी गाउपालिकाका योजना शाखा र राजश्व शाखाका प्रमुख दोर्ण राईले गाउपालिकाले निर्धारण गरेको विभिन्न कर, घर वहाल करको विषयमा प्रस्तुत गरी सहजीकरण गर्नु भएको थियो ।
यसैगरी करदाता सेवा कार्यालय धनकुटा प्रमुख सुजन थापाले प्यान, भ्याट,अन्तशुल्कको वारेमा र नेपाल सरकारले अहिले दिएको कर तिर्ने सुविधाको वारेमा र घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको प्रमुख इश्वर थापाले घरेलु कार्यालयमा उद्योग तथा व्यापार दर्ता र नविकरण प्रक्रिया र शुल्को विषयमा , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको प्रमुख आनन्द डंगोलले खाद्य ऐनको वारेमा र धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्कले धनकुटा उद्योग बाणिज्य संघमा दर्ता र नविकरणको विषयमा प्रस्तुत गरी जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका महिला उपाध्यक्ष निर्मला राई,महासचिव श्रीराम रायमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु अम्विका धमला,सुनिता थापा, होटल एशोसिएसनका अध्यक्ष टुमराज लिम्बु, पूर्व अध्यक्ष लिलाराज लावती, सचिव रमेश श्रेष्ठ,कार्यपालिका सदस्प शुसिला राई,लगायतका जनप्रतिनिधिहरु व्यावसायीहरु राधिका लिम्बु,प्रमिला लिम्बु, भिषण राई लगायत उद्योगी व्यापारी तथा व्यावसायी ,संचारकर्मीहरुकाे सहभागीता थियो ।


