धनकुटामा प्रभु बैंकको शाखा संचालनमा
धनकुटा, १३ साउन । धनकुटामा प्रभु बैंकको ३ सय १० औं शाखा स्थापना गरि संचालनमा ल्याइएको छ ।
आइतबार एक कार्यक्रमका बिच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले धनकुटा सदरमुकामको चुवाको बोट अगाडी स्थापना गरिएको शाखाको उत्घाटन गरे संगै बैंकको शाखा संचालनमा आएको हो ।
आइतबार एकै समयमा तेह्रथुमको म्याङ्गलुङ्गमा बैंकको ३ सय ९ औं शाखा र धनकुटामा ३ सय १० औं शाखा संचालनमा ल्याइएको बैंकका कोशी प्रदेश प्रमुख बद्री कुमार कटुवालले जानकारी दिए ।


