सिंधुवामा सञ्चालनमा आउँदै बहुआयामिक पुस्तकालय

नारायण कुमार राई /धनकुटा,१४ भदौ । धनकुटाको छथर गाउँपालिकामा समुदायको मागमा आधारित बहुआयामिक नमुना पुस्तकालय सञ्चालनमा आउने भएको छ ।

जापान सरकारको तीन बर्षे आयोजना अन्तर्ग नेपाल स्थित एसभिए र रिड नेपालको समन्वय तथा प्राबिधिक सहयोगमा पालिकाको वडा नं.६ सिंधवामा यो पुस्तकालय सञ्चालनमा आउन लागेको हो ।

जापान सरकारको एक करोड ६२ लाख र स्थानीयबासीहरुको तर्फबा गाउँपालिकाको ५० लाख ३० हजार गरी कुल दुई करोड १२ लाख ३० हजारमा आयोजना सम्पन्न भएको हो ।

आयोजनाका लागि सम्पन्न भएको भवन हस्तान्तरणको काम सकिएकोले यहि भदौ १५ बिश्व पुस्तकालय दिवसको अवसरमा पुस्तकालयको उत्घाटन हुने श्रोत केन्द्रले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

आयोजनाको सबै काम सकिएकोले जापानी प्रतिनीधिबाट भवन तथा पुस्तकालयको उत्घाटन गरिने केन्द्रका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिनुभयो ।

दुई कार्यक्रम हल सहित बनेको उक्त नौ कोठे भवनमा बालबालिका कक्ष,युवा अतिरिक्त कक्ष,महिला कक्ष,अपाँग मैत्री कक्षा,बहुप्राबिधिक कक्ष,आईसिटी कक्ष,पुस्तकालय कक्ष र जोखिम न्यूनिकरण कक्ष रहेका छन् ।

हाल समुदायको मागमा आधारित तीन हजार पुस्तकहरु रहेको यस पुस्तकालयले आगामी दिनमा स्थानीय स्तरमा रहेका बौद्धिक,साँस्कृतिक तथा सामाजिक क्षेत्रमा रहेको बिभिन्न बिषयमा पुस्तकहरु प्रकाशन गर्दै जाने लक्ष राखेको घिमिरेले जानकारी दिनुभयो ।

यस पुस्ताकलयदाई दीगो रुपमा निरन्तर सञ्चालनका लागि यहाँबाट कृषि प्राबिधिक तालिम,मेकानिकल तालिम,होम स्टे,तरकारी प्रशोधन,कम्प्युटर लगाएतका बिभिन्न जीवन उपयोगी तालिमहरु निःशुल्क दिईने उहाँले जानकारी दिनुभयो ।

पहिलो बर्ष भवन निर्माण तथा पुस्तकालयका लागि सहयोग गरेको जापान सरकारले अबको दुई बर्ष
भने समुदाय आफैंले यसको निरन्तर सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।

हाल नेपालमा यस्तै मोडेलमा सञ्चालित ७ वटा पुस्तकालयहरु समुदायहरुले आफ्नै आम्दानीमा सफलतापूर्वक सञ्चालन गरिरहेकोले यो पुस्ताकल पनि सफल रुपमा सञ्चालन हुने बिश्वास ब्यक्त गर्नुभयो ।

पुस्तकालय स्थापना गर्नपूर्व स्थानिय स्तरमा सर्भेक्षण गरेर उनीहरुकै मागमा आधारित पुस्तकालयको स्थापना र कार्यक्रमहरु निर्धारण गरिएकोले पुस्तकालय सफल रुपमा सञ्चालन हुने वडा अध्यक्ष दिपक गुरुङ्गले जानकारी दिनुभयो ।

तस्बीर ः पुस्तकालय भवन तथा पुस्तकालय

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖