श्री चञ्चलादेवी वहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी संस्था धनकुटा १ हिलेको ३० औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न
सर्मिला राई,धनकुटा । श्री चञ्चलादेवी वहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी संस्था धनकुटा १ हिलेकाे ३० अाै वार्षिक साधारण सभा तथा ७ अाै अधिवेशन आज सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष नगेन्द्र पाण्डेकाे अध्यक्षता तथा धनकुटा नगरपालिका वडा नं १ का वडा सदस्य सुवास रानाकाे प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभा तथा अधिवेशनले नगेन्द्र पाण्डेकै अध्यक्षतामा नयाँ कार्य समिती गठन गरेकाे छ ।
समितीकाे उपाध्यक्षमा नर बहनदुर थापा, सचिवमा भिम बहादुर मल्ल, सह-सचिवमा खगेन्द्रलाल राई र काेषाध्यक्षमा अनिषा भण्डारी रहेका छन् ।
अन्य सदस्यहरुमा धर्म प्रताप थापा,सेतीमाया ब्लाेन,नगेन्द्र सिंजाली,डम्बर बहादुर पाैडेल,दुर्गा दर्लामी,अम्बर बहादुर थापा,सुवास राना मगर र राजन काेईराला रहेका छन् ।
त्यस्तै लेखा समितीकाे संयाेजकमा दीपक घिमिरे,सदस्हरुमा रुपा खुलाल र गजेन्द्र कार्की रहेका छन् । भने सल्लाहकार समितीकाे संयाेजकमा डाेल बहादुर घरमिरे, सदस्यहरुमा ज्ञानेन्द्र घिमिरे,हरेन्द्र थिङ तामाङ,सुनिता वि.क र कुल वहादुर खड्का रहेका छन् । उल्लेखित सबै समितीहरु सर्वसम्मत चयन गरिएकाे हाे ।
सभाकाे खुल्लासत्रमा याे वर्षभरि सबै भन्दा बढी दूध संकलन गर्ने, गुणस्तरिय दूध ल्याउने किसान तथा जेष्ठ नागरिकलाई सम्मान गरिएकाे छ । सम्मानित हुनेहरुमा सबैभन्दा बढी दूध संकलन गर्ने तर्फ गजेन्द्र बहादुर कार्की,ईन्द्र बुढाथाेकी र प्रदिप तामाङ रहेका छन् । त्यस्तै गुणस्तरिय दूध ल्याउने तर्फ नरमाया राई, बल बहादुर थापा र कृष्णमाया आले मगर रहेका छन् । सभामा ६८ वर्षका जेष्ठ नागरिक चन्द्र बहादुर घिमिरेलाई दाेसल्ला अाेढाएर सम्मान गरिएकाे छ । सभामा संस्थाका सचिव तथा व्यवस्थापक भिम वहादुर मल्लले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । संस्थाले ५ कराेड १० लाख बराबरकाे आर्थिक काराेवार गरेकाे प्रतिवेदन सभामा प्रस्तुत गरिएकाे छ ।


