युद्धविराम सम्झौताको विरोध गर्दै इजरायल सरकारमा सहभागी यहुदीका सुरक्षा मन्त्रीको राजीनामा

काठमाडौं (एजेन्सी) – इजरायलको सरकारमा सहभागी दक्षिणपन्थी यहूदी पावर पार्टीले युद्धविराम सम्झौताको विरोधमा सरकारबाट बाहिरिने घोषणा गरेको छ।

यो कदमले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई अत्यन्त न्यून संसदीय बहुमतको अवस्थामा छोडेको समाचार एजेन्सीहरूले जनाएका छन्।

आइतबार बिहान राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन-गभिर, यित्जाक वासरलौफ र अमिचाई एलियाहुले प्रधानमन्त्री नेतान्याहुलाई राजीनामा पत्र बुझाएका छन्।

बेन-गभिरले लामो समयदेखि युद्धविराम सम्झौताको विरोध गर्दै आएका थिए र गाजामा हमासविरुद्ध इजरायलको सैन्य अपरेशन जारी राख्न आग्रह गरेका थिए।

उनले प्रधानमन्त्री नेतान्याहुलाई पठाएको राजीनामा पत्रमा सरकारलाई अस्थिर बनाउन काम नगर्ने बताएका छन्।

 उनले युद्धविराम सम्झौताको कडा आलोचना गर्दै यसलाई ‘आतंकवादको पूर्ण विजय’ भनेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।