कैलाश दर्शनका लागि चीन भारत बिच ५ बर्ष पछि सिधा उडान हुदै

नयाँदिल्ली, १६ माघ । भारतवाट कैलाश मानसरोवर यात्रा यस वर्षको गर्मी मौसमबाट फेरि सुरु हुने भएको छ। 

 

योसँगै भारत र चीनबीच सिधा उडान सेवा पनि सुरु हुने जनाइएको छ तर, यसको मिति भने अझै तय भइसकेको छैन् ।

 

भारतीय बिदेश मन्त्रालयका अनुसार भारतका विदेश सचिव विक्रम मिस्त्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा भएको दुईदिने बैठकमा यी दुई प्रमुख निर्णय भएको हो ।

 

कैलाश मानसरोवर यात्रा र दुई देशबीचको उडान सेवा २०२० देखि बन्द गरिएको थियो। यसको कारण सीमा विवाद र कोभिडको लहरपछि दुईबीचको खराब सम्बन्ध पनि थियो । जुन २०२० मा भारत र चीनबीच डोकलाम विवाद थियो र मार्च २०१९ मा कोविडको पहिलो लहर आए पछि दुबै देश बिच कैलाश दर्शनको उडान बन्द गरिएको थियो । 

भारतीय बिदेश मन्त्रालयका अनुसार सीधा उडान सेवा सुरु गर्न दुवै देशका प्राविधिक टोलीले चाँडै वार्ता गर्नेछन् भने पारस्परिक सहयोग र समझदारी अभिवृद्धि गर्न मिडिया र थिंक ट्याङ्कहरू बीचको अन्तरक्रियालाई प्राथमिकता दिइनेछ।

 

र, दुई देशबीचको सम्बन्धको ७५ औँ वार्षिकोत्सव संयुक्त रूपमा मनाउन मिलेर काम गर्न सहमत भएका चीन भारत जलविज्ञान तथ्याङ्कको आदानप्रदान पुनः सुरु गर्न र सीमापार नदीहरूमा सहयोग अभिवृद्धि गर्न छलफल गर्न भारत र चीनबीच विज्ञ स्तरको बैठकसमेत हुनेछ।

 

गत वर्ष अक्टोबरमा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच काजानमा ५ वर्षपछि भेटवार्ता भएको थियो । त्यसपछि दुई देशले आपसी सम्बन्धको अवस्थाबारे छलफल गर्दै सम्बन्ध सुधारका लागि केही कदम चाल्न सहमत भएका थिए । त्यस यता विगत ३ महिनामा चीन–भारत सीमा विवादित क्षेत्र डेम्चोक र देप्साङबाट दुवै देशका सेना पछि हटे पछि कैलाश मानसरोवर यात्रा र उडान सेवा सुरु गर्ने निर्णय भएको जनाइएको छ ।

 

कोरोना महामारी अघि दुई देशबीच हरेक महिना ५ सय ३९ सिधा उडान हुने गरेको थियो । तिनीहरूको कुल क्षमता १.२५ लाख सिट भन्दा बढी थियो। यी उडानहरूमा एयर इन्डिया, चाइना सदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्सजस्ता कम्पनीहरू सामेल थिए। उडान सेवा बन्द भएपछि दुवै देशका यात्रुहरू बंगलादेश, हङकङ, थाइल्याण्ड र सिङ्गापुरजस्ता कनेक्टिङ हब हुँदै आवतजावत गर्ने गरेका थिए तर यो यात्रा महँगो थियो।

 

हवाई यातायातको जानकारी दिने कम्पनी सिरियमका अनुसार सन् २०२४ को जनवरीदेखि अक्टोबरसम्म भारत र चीनबीच यात्रा गर्नेको संख्या ४.६ लाख थियो । उही समयमा २०१९ को पहिलो १० महिनामा यो संख्या १० लाख पुगेको थियो।

सन् २०२४ को जनवरीदेखि अक्टोबरसम्म हङकङ हुँदै १ लाख ७३ हजार, सिङ्गापुर हुँदै ९८ हजार, थाइल्याण्ड हुँदै ९३ हजार, बंगलादेश हुँदै ३० हजारले दुवै देशको भ्रमण गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖