अमेरिकाले अवैध आप्रवासी बोकेको दोस्रो बिमान आज भारतमा उतार्ने

नयाँ दिल्ली, ३ फागुन । संयुक्त राज्य अमेरिकाबाट निर्वासित गैरकानुनी भारतीय आप्रवासीहरू बोकेको दोस्रो उडान शनिबार अबतरण गर्ने भएको छ । 

 

जसअनुसार १५ फेब्रुअरीको राति १०ः०५ बजे अमृतसर विमानस्थलमा अवतरण हुने भारत सरकारको आधिकारिक स्रोतले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । दोस्रो लटको यो विमानमा १ सय १९ अवैध आप्रवासीलाई अमेरिकाबाट डिपोर्ट गरी भारत ल्याउन लागिएको हो ।

 

स्रोतका अनुसार अमेरिकाबाट निर्वासित भारतीयहरूलाई लिएर तेस्रो उडान भने आइतबार फेब्रुअरी १६ राति १०ः०५ बजे अमृतसर विमानस्थलमा अवतरण हुनेछ ।

 

आज हुने विमानमा भने ११९ अबैध भारतीय आप्रावासी यात्रु सवार हुनेछन् । शनिबार राति संयुक्त राज्य अमेरिकाबाट अमृतसर आइपुग्ने विमानमा कुल ११९ एनआरआई यात्रु सवार हुनेछन् । जसमध्ये ६७ जना पञ्जाब, ३३ हरियाणा, १९ जना गुजरात, उत्तर प्रदेश र महाराष्ट्रका हुनेछन्। यो विमान शनिबार राति १०ः०५ बजे अमृतसर विमानस्थलमा अवतरण हुनेछ ।

 

अमेरिकाबाट आउने विशेष विमानको सुरक्षा व्यवस्था स्थानीय प्रशासन र विमानस्थल प्राधिकरणले गर्न थालेको छ । यस सम्बन्धमा बिदेश मन्त्रालयले नागरिक उड्डयन मन्त्रालयलाई लिखित जानकारीसमेत दिइसकेको छ ।

 

त्यसो त पहिलो उडान अमेरिकाबाट फेब्रुअरी ५ मा अमृतसरमा नै अबतरण भएको थियो । उल्लेखनीय छ कि गत हप्ता बुधबार अर्थात फेब्रुअरी ५ मा अमेरिकी वायुसेनाको सी–१७ ग्लोब मास्टर सैन्य विमान १०४ अवैध भारतीय आप्रवासी लिएर भारत आइ पुगेको थियो । अवैध आप्रवासीहरूको पहिलो समूह अमेरिकी वायुसेनाको सी–१७ ग्लोबमास्टर सैन्य विमानमा पञ्जाबको अमृतसर एयरपोर्टमा आइपुगेको हो ।

 

उक्त विमानमा जम्मा १०४ जना यात्रु थिए, जसमा ७९ पुरुष र २५ महिला रहेका थिए । यी १०४ यात्रुमध्ये पञ्जाबका ३०, हरियाणा र गुजरातका ३३–३३, महाराष्ट्र र उत्तर प्रदेशका ३–३ जना र चण्डीगढका २ जना यात्रु रहेका थिए ।

 

डोनाल्ड ट्रम्प अमेरिकामा पुनः सत्तामा आएको केही सातामै ट्रम्प प्रशासनले अवैध आप्रवासीहरूलाई देश निकाला गर्न सुरू गरेको हो । जसका लागि यो कार्यलाई प्रभावशाली बनाउन ट्रम्प प्रशासनले अमेरिकी वायुसेनाको विमान प्रयोग गरिरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖