दिल्लीमा चौथो महिला मुख्यमन्त्रीको शपथ लिँदै रेखा गुप्ता

दिल्ली । भारतको दिल्लीमा भाजपाकी सांसद रेखा गुप्ता नयाँ मुख्यमन्त्री बन्ने भएकी छिन्। उनले बिहीबार नयाँ मुख्यमन्त्रीको शपथ लिन लागेकी हुन् । उनीसँगै ६ जना मन्त्रीले शपथ लिनेछन् । मुख्यमन्त्रीको दौडमा सबैभन्दा अगाडि रहेका प्रवेश बर्मा उपमुख्यमन्त्री बन्ने भएका छन् ।

भारतीय जनता पार्टीले बुधबार गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । हालै भएको विधान सभा निर्वाचनमा दिल्लीमा भाजपा विजयी भएको थियो। उसले  ७० मध्ये ४८ सिटमा विजय प्राप्त गरेको थियो। तर, भाजपाबाट कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुंगिएको थिएन। 

पहिलोपटक विधान सभा सदस्यमा निर्वाचित भएकी गुप्ताले मुख्यमन्त्री बन्ने अवसर पाएकी हुन्। दिल्लीमा १७ वर्षपछि भाजपा सत्तामा फर्कन लागेको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖