अमेरिकाको विवादित भ्रमणपछि लण्डन पुगे जेलेन्स्की

काठमाडौँ । अमेरिकाको असफल भ्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायतको लन्डन पुगेका छन् ।

केहीबेर अघि लन्डन पुगेका जेलेन्स्कीले केहि घण्टापछि बेलायती प्रधानमन्त्री केइर स्टारमरसँग भेटवार्ता गर्ने बिबिसीले उल्लेख गरेको छ ।

त्यस्तै जेलेन्स्कीले लन्डनमा आइतबार युरोपेली नेताहरुको समिटमा भाग लिने बताइएको छ । युक्रेन युद्धको विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री स्टारमरले युरेपेली नेताहरुको समिट गर्न लागेका हुन् ।

ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तनावपूर्ण घटनाक्रमपछि जेलेन्स्की अमेरिकासँग कुनै सम्झौता नगरी बेलायत पुगेका छन् ।

उनले सामाजिक सञ्जालमा केहीबेर अघि पनि युक्रेनलाई सहयोग गरेकोमा अमेरिकालाई धन्यवाद दिदै युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको तर सुरक्षा ग्यारेन्टी हुनुपर्ने दोहोराएका छन् । उनले सुरक्षा ग्यारेन्टी बिनाको युद्धविराम युक्रेनका लागि खतरनाक हुने पनि बताएका छन् ।
       
        

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖