धनकुटामा आज स्वदेश तथा विदेशका ४० जना कलाकारको सहभागितामा सडक नाटक प्रर्दशनी हुने
धनकुटा,२६ फागुन । सर्वनाम नाटक संस्थाको सहयोग तथा कोप्चे पुनर्जागरण अभियानको आज फागुन २६ गते धनकुटामा अन्तर्राष्ट्रिय सडक नाटक प्रदर्शनी हुने भएको छ।
विभिन्न देशका ख्याति प्राप्त कलाकारद्वारा धनकुटा नगरपालिका वडा नम्बर ५ स्थित तल्लो कोप्चेमा नाटक प्रदर्शनी हुन लागेको आयोजक संस्था कोप्चे पुनर्जागरण अभियानका सचिव उज्वल कर्मचार्यले जानकारी दिए ।
सडक नाटक प्रदर्शनीमा स्वदेश तथा विदेशका ४० जना कलाकारको सहभागिता हुने जनाइएको छ ।


