धनकुटामा अन्तर्राष्ट्रिय सडक नाटक प्रदर्शन
धनकुटा,२६ फागुन । सर्वनाम नाटक संस्थाको सहयोग तथा कोप्चे पुनर्जागरण अभियानको आयोजनामा धनकुटामा अन्तर्राष्ट्रिय सडक नाटक प्रदर्शनी गरिएको छ ।
इन्टरनेसलन पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा धनकुटा सदरमुकामको तल्लो कोप्चेमा सडक नाटक प्रस्तुत गरिएको हो ।
‘संस्कृतिको आदानप्रदान र दिगो भविष्य संरक्षण’ मूल नारा रहेको सडक नाटक प्रदर्शनिमा नेपालसहित भारत, बंगलादेश, चीन, सिंगापुर, फिलिपिन्स, फ्रान्स, बेलायत, ताइवान, जापान, थाइल्यान्ड लगायतका मुलुकका ४० नाट्यकर्मीले नाटक प्रदर्शन गरेका थिए ।
नाट्यकर्मि लाई नगरका विभिन्न स्थानमा स्वागत समेत गरिएको थियो । प्रदर्शनी अवलोकनका लागी विभिन्न कार्यलयका प्रमुख, संघ संस्थाका प्रतिनिधी, विद्यार्थीको उपस्थिती रहेको थियो ।


