इटालीको परमाणु अनुसन्धान केन्द्रकाे आकासमा पुग्यो रूसी जासुसी ड्रोन

रोम, २० चैत ।युरोपमा अशान्तिको बीचमा एक रूसी जासूस ड्रोन इटालीमा भेटिएको छ। 

 

सोड्रोन देखेपछि इटालियन सरकार कारबाही प्रकियामा गएको छ । उच्च सरकारी अधिकारीहरूले आतंकवाद र जासुसीलाई ध्यानमा राखेर सम्पूर्ण मामिलाको अनुसन्धान थालेका छन्। अनुसन्धानपछि थप कारबाही गरिने जनाइएको छ ।

 

इटालीका समाचार माध्यमका अनुसार इटालीको माग्गियोर तालको किनारमा रहेको इस्प्रा सहरमा रहेको युरोपेली संयुक्त अनुसन्धान केन्द्र (जेआरसी) मा व्यावसायिक ड्रोन उडेको देखिएको हो ।  ड्रोनको खिचिएको तस्बिरले यो रुसको भएको खुलासा गरेको जनाइएको छ।

 

यो ड्रोन उडेको इटालीको स्थान भने परमाणु अनुसन्धानसँग सम्बन्धित छ। यहाँ ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ ।यही कारणले आकाशमा ड्रोन देखेर इटालीका वरिष्ठ अधिकारीहरुको निद्रा हराउन पुगेको थियो ।

इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोका अनुसार सम्भावित सैन्य वा औद्योगिक जासुसीका आरोपहरू धेरै गम्भीर छन्  । सो क्षेत्रका स्थानिय अधिकारीहरूले  पहिले रिपोर्ट गरेको ढाँचासँग मेल खाएको छ।

 

क्रोस्टो भन्छन्, ‘यहाँ एक हाइब्रिड युद्ध चलिरहेको छ, यो जति लुकेको छ त्यति नै खतरनाक, निरन्तर र निस्सासिने खालको छ। यसमा लक्षित साइबर आक्रमणहरूको मिश्रण समावेश छ। सैन्य र औद्योगिक टेक्नोलोजीहरू र प्याटेन्टहरूको चोरी, साथै अन्य धेरै शत्रुतापूर्ण कार्यहरू भइरहेका छन्।’

यद्दपी, इटालीका रक्षामन्त्रीले मुखै फोरेर ड्रोनका लागि रुसलाई जिम्मेवार भनिसकेका त छैनन् तर नेटोले भने पक्कै पनि यो कार्य रुसको नै भएको दावी गरेको छ ।

 

इटालीको जर्जिया मेलोनी सरकार अमेरिका, रुस र युरोपको बारेमा अझै पनि अन्योलमा रहेको छ । मेलोनीले अमेरिकाको प्रशंसा गरे पनि युरोपसँग बस्ने कुरा गरेकी छिन् । 

अर्कोतर्फ, मेलोनीले युक्रेनमा शान्ति सेना नपठाउने निर्णय गरेकी छिन् तर पनि उनी रुसको आक्रमणको विरुद्धमा बोलिरहेकी छिन्। त्यसैले उनी कुन लाइनमा छिन ? भन्ने अझै पनि प्रस्ट हुन सकेको अवस्था छैन् ।

 

इटाली हाल नाटोको सदस्य हो, जसले दोस्रो विश्वयुद्धमा अमेरिका र रुसविरुद्ध मोर्चा खोलेको थियो।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।