धनकुटाको राजारानीमा बैसाख २९ बाट रारा फुटबल प्रतियोगिता हुने
देव याखा/धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानीमा जिल्लाकै ठूलो नगद राशी भएको १२ औं रारा गोल्डकप फूटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
आउने बैसाख २९ गते देखि जेठ ४ गते सम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था राजारानी फटबल कल्वले राजारानीको रानी ताल किनारमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
गत बर्ष ११ औं संस्करणमा प्रथम पुरस्कार ५ लाख र दोस्रो २ लाख ५० हजार राखेको राराले यो पटक भने प्रथमका लागि ७ लाख र दास्रोको लागि ३ लाख पु¥याएको छ ।
चौबिसे गाउँपालिकाको संरक्षणमा भईरहेको यो प्रतियोगिता अब जिल्लाकै ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता बनेको छ ।
स्थानीय पूण्य मा.बि.को खेल मैदानमा हुने प्रतियोगितामा ८ वटा फुटबल टोलीको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सहलेस फुटबल क्लब सिरहा, चर्च ब्वाइज यूनाइटेड, बागमती यूथक्लव सर्लाही, गोल्डेन स्टार सुनसरी, एलएक्स सीटी मोरङ, बिर्तामोड यूनाइटेड,डाडाबजार फूटबल क्लब र आयोजक टोलिले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको बिजयी टीमले ७ लाख रुपियाँ नगद, ट्रपी र प्रमाण पत्र प्राप्त गर्ने छन । यस्तै उपबिजेता टीमले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्रको ब्यवस्था रहेको छ ।
खेल पुरस्कार राशिका लागि १२ लाख सहित प्रतियोगिता संचालनका लागि ४२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको राराका सचिव जीवन कटुवालले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा संरक्षक संस्था गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले पालिका क्षेत्रको पर्या पर्टटन संगै खेल पर्यटनको पनि बिकास गर्न हरेक बर्ष फुटबल प्रतियोगिता आयोजना गरिंदै आएको जानकारी दिनुभयो । कार्यक्रममा पूर्व शान्ति मन्त्री रकम चेम्जोङ लगाएत स्थानीय खेल प्रेमिहरुको उपस्थिति रहेको थियो । (प्रशिक्षार्थी पत्रकार)







