कराते महासंघ कोशीमा बोर्डको हस्तक्षेप,वैधानिक समिति विस्थापित गर्ने पर्शुरामको षड्यन्त्र

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड कोशीद्वारा नेपाल कराते महासंघ कोशी प्रदेशमा गठित गरिएको तदर्थ समितिले गम्भीर विवाद सिर्जना गरेको छ ।

बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले ‘आन्तरिक विवाद’ को बहानामा वैधानिक रूपमा चलिरहेको कार्यसमितिलाई अवैध ठह¥याउँदै एकतर्फी रूपमा तदर्थ नयाँ समिति गठन गरेपछि कराते महासंघ कोशी प्रदेश कार्यसमितिले सोमबार प्रेस विज्ञाप्ती जारी गरेर कडा विरोध जनाएको छ ।

‘प्रदेश खेलकुद बोर्डले अनधिकृत रूपमा हस्तक्षेप गरेर हाम्रो लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित समितिलाई धमिल्याउने प्रयास गरेको छ,’ सचिव राम लिम्बूले आक्रोशपूर्ण शब्दमा भने । ‘हामी दुई वर्षदेखि कराते खेलको विकासका लागि निरन्तर काम गरिरहेको छौँ, जसलाई राष्ट्रिय महासंघले समेत मान्यता दिइसकेको छ ।’

पत्रकारहरूसँगको कुराकानीमा लिम्बूले सदस्य सचिव बस्नेतमाथि व्यक्तिगत स्वार्थ र गुटबन्दीको आरोप लगाउँदै भने, ‘प्रदेश खेलकुद बोर्डका सदस्य सचिवले आफ्नो पदको दुरुपयोग गरेर खेलकुद क्षेत्रमा आफ्नो गुट स्थापित गर्ने कुचेष्टा गरेका छन् ।’

कराते महासंघ कोशी प्रदेशको वर्तमान कार्यसमितिले राष्ट्रिय खेलकुद ऐन २०७७ अनुसार विधिवत् रूपमा कार्य गरिरहेको र नेपाल कराते महासंघबाट समेत मिति २०८२ वैशाख २८ गतेको पत्रमार्फत कुबिरमान राई अध्यक्ष र राम लिम्बू सचिव रहेको कार्यसमितिलाई आधिकारिक मान्यता प्रदान गरिसकेको जानकारी दिए ।

महासंघका पदाधिकारीहरूले बोर्डमा पटक–पटक दर्ता प्रक्रियाका लागि पहल गर्दा समेत सदस्य सचिव बस्नेतले जानाजानी अवरोध गरेको आरोप लगाएका छन् । ‘हामीलाई दर्ता गर्न अस्वीकार गरेपछि अहिले विवाद छ भन्दै नयाँ समिति गठन गर्नु षड्यन्त्र बाहेक केही होइन,’ उनले भने ।
हाल कुबिरमान राई अध्यक्ष रहेको कार्यसमितिमा उपाध्यक्षद्वय सौरभ प्रधान, अनिल नेपाल, सचिव राम लिम्बु, कोषाध्यक्ष अनुशा विष्ट रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुनिता तामाङ्ग, लोकेन्द राई, योगेन्द्र आचार्य, रेनुका राई, कमिक राई, मिलन कसजु, बिप्लव राई र मेनुका ठाकुर रहेका छन् ।

यसरी वर्तमान कार्यसमिति रहिरदा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतले वैशाख २४ गते नेपाल कराते महासंघ कोशी प्रदेशको तदर्थ समितिको संयोजक प्रभाकर राना (रिक्की) लाई तोकेका थिए । रक्की एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ मोरङका उपाध्यक्ष हुन् भने तसर्थ समिति घोषणा गर्ने सदस्य सचिव बस्नेत तेही महासंघको केन्द्रीय अध्यक्ष पनि हुन् ।

यसरी एकलौटि तरिकाले सदस्य सचिव बस्नेतले पदिय दुरुपयोग गरेर गठन गरेको ११ सदस्यीय तदर्थ समिति तत्काल खारेज गर्न कराते महासंघ कोशी प्रदेशले जोडदार माग गरेको छ । साथै, यदि आफ्नो मागलाई अवहेलना गरिए कानूनी उपचारमा जाने चेतावनी दिएको छ । ‘प्रदेश खेलकुद विकास बोर्डको यस्तो अलोकतान्त्रिक कदमले समग्र खेल क्षेत्रमा नै नकारात्मक सन्देश गएको छ,’ लिम्बूले थपे, ‘हामी न्यायका लागि अन्तिम विकल्पसम्म लड्न तयार छौँ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।