धनकुटामा अन्तरपालिका महिला फुटबल हुने

धनकुटा ६ जेठ, धनकुटामा जेठ १४ गते देखि १७ गते सम्म अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठाको आयोजनामा पाँचौ अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने भएको हो ।

आयोजक सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठाले आज धनकुटामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता गर्ने बारे जानकारी गराएको हो । प्रतियोगितामा धनकुटा छ वटा पालिकाको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुने टोेलिले नगद ६० हजार सहित, मेडल ट्रफी प्राप्त गर्ने छ भने दोस्रो हुने टोलिले नगद ३० हजार सहित, मेडल ट्रफी प्राप्त गर्ने आयोजक समितीका अध्यक्ष इश्वर बहादुर श्रेष्ठले जानकारी दिए । जिल्लामा महिला फुटवल खेलाडी भए पनि खेल अवसर बाट बञ्चित हुने गरेकोले प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।