पूर्व डिएसपी तथा समाजसेवी मोरङको बेलबारीका मगरको निधन

मोरङ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग निवासी समाजसेवी तथा नेपाल प्रहरीका पूर्व डिएसपी (उप प्रहरी उपरीक्षक) बलबहादुर मगरको निधन भएको छ। उनी ६८ वर्षका थिए।

शुक्रवार धनकुटा जिल्लाको राजारानी क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रमका लागि पुगेका मगरको शनिवार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएको थियो। तत्काल उपचारका लागि अस्पताल ल्याउने प्रयास गरिए पनि बाटोमै उनको मृत्यु भएको स्थानीयले जनाएका छन्। प्रारम्भिक जानकारीअनुसार श्वासप्रश्वासमा समस्या उत्पन्न भएको थियो।

पूर्व प्रहरी अधिकृत भएर निवृत्त भएपछि मगर सामाजिक क्षेत्रमा अत्यन्त सक्रिय थिए। उनी डाँगीहाट ब्याडमिन्टन क्लबका अध्यक्ष, न्यू जनएकता बचत तथा ऋण सहकारी संस्था (साकोस) का उपाध्यक्ष, र माउण्ट एभरेष्ट इङ्लिस स्कुलको व्यवस्थापन समितिका अध्यक्ष लगायत विभिन्न सङ्घसंस्थामा आबद्ध भई समाजसेवामा समर्पित थिए।

उनको निधनले स्थानीय स्तरमा ठुलो क्षति पुगेको भन्दै सामाजिक क्षेत्रका प्रतिनिधिहरूले गहिरो शोक व्यक्त गरेका छन्। स्थानीय समाजसेवी, सहकारीकर्मी, शिक्षक, खेलकर्मी लगायत सबैले उनलाई समर्पित, अनुशासित र नेतृत्वदायी व्यक्तित्वका रूपमा सम्झेका छन्।

बेलबारीका वडाध्यक्ष, नगरप्रमुख, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी लगायतले मगरको निधनमा दुःख व्यक्त गर्दै समाजले एक कर्मठ र निष्ठावान नागरिक गुमाएको बताएका छन्।-सुन्दरहरैचा अपडेट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।