धनकुटाका सबै पालिकाले ल्याए बजेट,कुन पालिकाको कति ?

धनकुटा, १२ असार । धनकुटाका सात वटै स्थानियतहले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । जस अन्र्तगत धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ८१ करोड २७ लाख १६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले संघिय सरकारको तर्फ बाट प्राप्त ७० करोड ५९ लाख ८३ हजार प्राप्त हुने अनुदान तथा राजश्व बाडफाँड, प्रदेश सरकार बाट प्राप्त हुने अनुदान तथा राजश्व बाडफाँड ४ करोड ७२ लाख ३३ हजार र नगरपालिकाको आन्तिरक आम्दानी बाट प्राप्त हुने ५ करोड ९४ लाख ९९ हजार गरि ८१ करोड २७ लाख १६ हजार बराबरको बजेट सार्वजनिक गरेको हो ।

धनकुटा नगरपालिकाले १ अर्ब १२ करोड २५ लाख बराबरको बजेट पारित गरेको छ । जसमध्ये ५३ करोड ७० लाख ३३ हजार चालु खर्च र ५८ करोड ५४ लाख ८९ हजार पुजिँ तर्फ विनियोजन गर्दै बजेट प्रतुत गरिएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिनु भयो ।

त्यस्तै पाख्रिवास नगरपालिकाले ५७ करोड ५८ लाख २२ हजार बराबरको बजेट सभामा प्रस्तुत गरेको छ ।

सहिदभूमी गाउँपालिकाले कुल ४८ करोड ७० लाख ५२ हजार बराबरको बजेट ल्याएको प्रमुख प्रशासकिय अधिकृत सुर्य भण्डारीले जानकारी दिनु भयो ।

छथर जोरपाटी गाउँपालिकाले ४४ करोड ९७ लाख ८४ हजारको बजेट ल्याएको गाउँपालिका उपाध्यक्ष गिता गुरुङ्गले जानकारी दिनु भयो । त्यस्तै चौबिसे गाउँपालिकाले २१ करोड १६ लाख बराबरको बजेट ल्याएको छ ।

त्यस्तै साँगुरीगढीले पनि बजेट सार्वजनिक गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।