सुनसरीमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु

इटहरी । सुनसरीमा स्कुल बसले किचेर मंगलबार नाबालकको मृत्यु भएको छ । नाबालक सोही बसमा सवार थिए ।

प्रहरीका अनुसार गढी गाउँपालिका–६ स्थित भित्री पक्की सडक खण्डमा मंगलबार अपरान्ह ४ः२० बजेतिर दुर्घटना भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको गढी–३ छिटाहास्थित लिटिल बड्ज एकेडेमी बोर्डिङ स्कुलको ग १ ख २०१२ नम्बरको बसले नाबालकलाई किचेको जानकारी सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले दिए ।

उनका अनुसार बसले किचेर गढी–६ का श्रवण उराउको छोरा ३ वर्षीय आयुष उराउको मृत्यु भएको छ । स्कुल छुट्टी भएपछि नाबालक त्यही बसेमा चढेर घरतर्फ जाँदै गर्दा घटना भएको प्रहरीको भनाइ छ ।

घर छेउमा पुगेपछि ओर्लिने क्रममा अचानक लडेका उनी बसको चक्कामुनि पुगेका थिए । चक्काले टाउकोमा किच्दा नाबालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा छ । फरार रहेका बस चालक गढी–३ का अन्दाजी ३१ वर्षीय विनोदकुमार मेहताको प्रहरीले खोजी गरिरहेको छ ।

चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर सागर तिमल्सिना नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको डीएसपी खतिवडाले बताए ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖