झापा र मोरङबाट लागुऔषध सहित ६ जना पक्राउ

विराटनगर, असार १८ गते । झापा र मोरङबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असार १७ गते झापाको भद्रपुर नगरपालिका- ५ स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले बुद्दशान्ति गाउँपालिका- ४ का २९ बर्षीय दिपक सम्बाहाम्फे, कमल गाउँपालिका- ५ का २० बर्षीय पिजल धिमाल र कमल गाउँपालिका- २ का ३२ बर्षीय केशब राईलाई ६ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाले ५ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड नगरपालिका- ६ का ३७ बर्षीय हमद मुस्लिम र २२ बर्षीय सद्दाम सेखलाई पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका- ४ का २० बर्षीय मनिष तामाङलाई प्रतिबन्धित औषधी ३२० चक्कि सहित इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।