विराटनगरबाट लागुऔषध खैरो हिरोइन सहित २ जना पक्राउ
विराटनगर, असार २२ गते । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले २० ग्राम ३७ मिलिग्राम लागू औषध खैरो हिरोइन सहित काठमाडौँको काठमाडौँ महानगरपालिका-३ का २१ बर्षीय अनमोल भण्डारी र २० बर्षीय प्रज्वल बस्नेतलाई पक्राउ गरेको छ ।
असार २१ गते साँझ विराटनगर महानगरपालिका-१६ स्थितबाट उक्त परिणामको खैरो हिरोइन सहित पक्राउ गरीएका दुबैजनाको इलाका प्रहरी रानी मोरङबाट थप अनुसन्धान भई रहेको छ ।


