इटहरी र झापामा खोलामा डुबेर ३ जना बालकको मृत्यु

विराटनगर, असार २२ गते । सुनसरीको इटहरी उप-महानगरपालिका-१६ जब्दी स्थित मुरा खोलामा २ जना र भद्रपुर नगरपालिका-३ मेची खोलाको दोभानमा १ जना बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

असार २१ गते मुरा खोलामा पौडी खेल्ने क्रममा इटहरी-१६ का रमेश खत्रीको ९ बर्षीय छोरा युनिस खत्री र इटहरी-५ का बुद्दी परियारको ११ बर्षीय छोरा हेम बहादुर परियार दहमा डुबेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले दुबै बालकको उद्दार गरी उपचारको लागी सान्बी सिटी अस्पताल इटहरी पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

यसैगरी भद्रपुर-२ का अर्जुन लिम्बुको १३ बर्षीय छोरा अर्पण लिम्बु मेची खोलाको दोभानमा साथीहरु संग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकोमा प्रहरी चौकी किच्चकबदबाट खटिएको प्रहरी टोलीले खोजतलाशको क्रममा मृत अवस्थामा बालकलाई फेला पारेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖