मोरङ कारागारका एक बन्दीको उपचारका क्रममा मृत्यु

विराटनगर । मोरङ जिल्ला कारागारमा थुनामा रहेका एक बन्दीको बुधबार साँझ विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ।

जबरजस्ती करणी मुद्दामा थुनामा रहेका ४० वर्षीय सन्तोष पालको उपचारको क्रममा निधन भएको कारागारका जेलर गौरव ढुंगेलले पुष्टि गरेका छन्।

पाल विराटनगर महानगरपालिका–५ निवासी हुन्। उनलाई जबरजस्ती करणी आरोपमा जिल्ला अदालत मोरङले २०८१ साल मंसिर ११ गते थुनामा राख्ने आदेश दिएपछि कारागार चलान गरिएको थियो।

कारागारमा रहेकै बेला शरीर सुन्निने र श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनलाई असार १२ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा बुधबार साँझ उनको मृत्यु भएको हो।

जेल प्रशासनका अनुसार सन्तोष पालमाथिको जबरजस्ती करणी मुद्दा हालसम्म अदालतमा विचाराधीन अवस्थामा रहेको थियो। जेलर ढुंगेलले मृतकको शव परिवारलाई जिम्मा लगाइसकिएको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖