धरानबाट प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ
धरान, असार २९ गते । अस्थायी प्रहरी पोष्ट बरगाछी धरानको प्रहरी टोलीले असार २८ गते प्रतिबन्धित लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा धरान उप-महानगरपालिका-८ अरुण टोल स्थितबाट धरान-८ का ३५ बर्षीय उज्वल तामाङलाई उनकै कोठाबाट प्रतिबन्धित लागू औषध TRAMOL-१ सय ६५ पिस, डिकोलिक १ सय ६८ पिस सहित नियन्त्रणमा लिए संगै कारोबारमा संलग्न ३४ बर्षीय चन्द्र कुमार लिम्बु र १६ बर्षीया मनिषा मगर समेतलाइ नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।


