सुनसरीको इनरुवामा घरभित्र दम्पत्ती मृत फेला

सुनसरी । सुनसरीको इनरुवामा आइतबार बिहान एक दम्पती आफ्नै घरभित्र मृत फेला परेका छन् ।

इनरुवा नगरपालिका–९ बबियाका अन्दाजी ३५ वर्षीय सुकदेव शर्मा र उनकी २३ वर्षीया पत्नी सवेता खातुन रहस्यमय तरिकाले मृत भेटिएपछि स्थानियस्तरमा शोक र चासो दुवै फैलिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार, सुकदेवलाई बाँसको टाटीबेरा भएको एकतले कच्ची घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारिएको हो । उनकी पत्नी सवेता भने सुत्ने कोठाको ओछ्यानमा मृत अवस्थामा भेटिएकी थिइन् ।

घटनाको जानकारी पाएपछि बिहान करिब ९ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै डीएसपी योगराज खतिवडाको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

एसपी तिम्सिनाका अनुसार, सवेताको माइती मोरङको कदमाह हो र घटनाको जानकारी दिइसकिएको छ । माइती पक्ष र अन्य आफन्त घटनास्थल पुग्न बाँकी रहेको बताउँदै, उनीहरू आएपछि मात्र कानुनी प्रक्रिया अघि बढाइने र शव उठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।