मोरङको कटहरीबाट ३ हजार १ सय ५० किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा
मोरङ, असार २९ गते । मोरङको कटहरी गाउँपालिका-३ कटहरी चोक स्थितबाट ३ हजार १ सय ५० किलोग्राम गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
असार २९ गते राती ००:३० बजे प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को. १ ख ४५१८ नम्बरको ट्रकबाट १ सय ५ वटा बोरामा प्याक गरी राखेको ३ हजार १ सय ५० किलोग्राम गाँजा बरामद गरेको हो ।
बरामद गरीएको गाँजा जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याईएको छ भने ओसार पसारमा संलग्न ब्य्क्तीहरुको खोजतलाश भईरहेको छ ।


