झापाको बिर्तामोडबाट लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ
झापा, असार ३१ गते । झापाको बिर्तामोड नगरपालिका-६ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असार ३० गते दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा २ सय ६० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड-३ का १९ बर्षीय लाडला मिया र २० बर्षीय ममताज मियालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


