नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशुलीमा खस्यो मिनी ट्रक
काठमाडौ । नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने सिमलतालबाट एक मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।
भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ ।
सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक सोही ठाउँका २० वर्षीय उत्तर सिंह घाइते भएका छन् ।
उनीहरु दुबैको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।


