इलाममा दाइको ससुराली गएका २१ वर्षीय युवकको हत्या, दाजुमाथि पनि खुकुरी प्रहार
इलाम । इलामको सूर्योदय नगरपालिका–१, भालुखोपमा एक जनाको हत्या गरिएको छ । एक जना गम्भीर घाइते छन् ।
स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षे प्रकाश चापागाईंको धारिलो हतियार प्रहारबाट हत्या गरिएको प्रहरीले जनाएको छ ।
३२ वर्षे निरोज चापागाईं गम्भीर घाइते छन् । प्रकाशलाई लिइ निरोज ससुरालीघर गएका बेला सूर्योदय १, शिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो ।
त्यसैक्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते छन् । घाइते निरोजको उपचार भइरहेको छ ।


