मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध ओसारपासरमा संलग्न ४ जना महिला सहित ९ जना पक्राउ

विराटनगर, साउन ०१ गते । मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध ओसारपासरमा संलग्न ४ जना महिला सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असार ३२ गते लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी चौकी रेल्बे, अहरहाट र बरगाछीबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल १ हजार ६२ क्याप्सुल, डिकोलिक ८ सय ४२ ट्याब्लेट र डिभोमिन २ सय २० चक्की सहित धरान- १० का २४ बर्षीय अंकित राई र धरान- ६ का २१ बर्षीय भरत मगर, धरान- १३ का २३ बर्षीय सागर राई, धरान- ५ की २१ बर्षीया ज्योती राई, २६ बर्षीया नुमा लिम्बु र धरान- ५ की २३ बर्षीया सुजना राईलाई पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको रंगेली नगरपालिका- ६ स्थित इलाका प्रहरी कार्यालय रंगेलीले चेकजाँचको क्रममा दमक नगरपालिका- ९ झापाका ३५ बर्षीय शिव कुमार सोरेन र कमल गाउँपालिका- १ का ३३ बर्षीय आकाश खड्कालाई नाईट्राजाम १ सय ५५ चक्की सहित नियन्त्रणमा लिएको हो ।

त्यसै गरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका- ८ की २१ बर्षीया रेजिना राईलाई ट्रामाडोल ७६ क्याप्सुल सहित पक्राउ गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।