खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु
खोटाङ । चट्याङ लागेर खोटाङमा एक जनाको मृत्यु भएको छ।
हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर – ५ छापडाँडा बस्ने ५४ वर्षकी बदमसरी परियारको मृत्यु भएको हो।
अविरल वर्षासङ्गै गयराती चट्याङ पर्न थालेपछि घर बाहिर राखिएको मिटरबक्स बन्द गर्नेक्रममा उनलाई चट्याङ लागेको र घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।


