इलामका महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा तीन युवक पक्राउ
उर्लाबारी । ईलाका प्रहरी कार्यालय उर्लाबारीले तीन युवालाई पक्राउ गरेको छ।
इलामको चुलाचुली गाउँपालिका निवासी महिलालाई सामुहिक बलात्कार को आरोपमा उनीहरूलाई पक्राउ परेको जनाइएको छ।
पक्राउ पर्नेहरूमा उर्लाबारी – ९ शान्तिटोल निवासी अन्दाजी १९ वर्षीय आर्गन भुजेल, मिक्लाजुङ – ९ निवासी अन्दाजी २४ वर्षीय समिर बोहरा र रतुवामाई – १० निवासी अन्दाजी १९ वर्षीय निराजन नेपाली रहेका छन्।


