संखुवासभा र ताप्लेजुङमा भारी वर्षा

संखुवासभा । संखुवासभा र ताप्लेजुङमा भारी वर्षा मापन भएको छ ।संखुवासभाको नुम वर्षामापन केन्द्र र ताप्लेजुङको ताप्लेथोक वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको हो । पछिल्लो ६ घण्टामा इलामको कन्याम र सप्तरीको कल्याणपुरमा पनि ठूलो वर्षा भएको छ ।

मकवानपुरको लाल बकैया नदी, जुरेली बजार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।सिन्धुपाल्चोकको गुम्थाङ, बाह्रबिसे, दोलखाको जिरी, बुस्टी, सिंगटी, सोलुखुम्बुको सल्लेरी, पेकारनस र आसपासका वर्षामापन केन्द्रहरुमा मध्यम बर्षा मापन भएको छ । यी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

धनकुटाको मछुवाघाट,त्रिवेणी र आसपासका केन्द्रहरुमा हल्कादेखि मध्यम वर्षा भएको छ ।मकवानपुरको भोर्लेनी, उदयपुरको कटारी, उदयपुरगढी, मुर्कुची बजार, खोटाङको अइसेलुखर्क, सप्तरीको रुपनी बजार र आसपासका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षामापन भएको छ ।बैतडीको दैनसिली वर्षामापन केन्द्रमा मध्यम बर्षा मापन भएको छ ।

हिजो बेलुका बाग्लुङको बागलुङ वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षामापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖