भण्डारी वा ओली एक सकिने दिशातर्फ

जीवनप्रसाद राई । एमालेमा बिद्या भण्डारीका लागि ढोका बन्द भएपछि अहिले नेपाली राजनीति नयाँ मोडतर्फ धकेलिएको छ । केही मानिसहरु भण्डारी राजनीतिमा फर्कन नहुने तर्क गरिरहेका छन । उनी राजनीतिमा फर्कन चाहेकाले उनी जीवनभर पदलोलुप भनेर समेत आलोचित भएका छन । एमालेमा मात्रै नभएर अन्य राजनीतिक दलहरुमा समेत भण्डारीको बारेमा तिब्र चासोका साथ हेरिएको छ । काँग्रेस सभापति देउवाले त भण्डारीलाई राजनीतिमा सक्रिय नहुनका लागि सार्वजनिक रुपमा नै बोलिसकेका छन । यसैगरि माओवादीका नेता नारायणकाजी श्रेष्ठ र बिद्धान एवं पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले समेत बिद्या सक्रिय राजनीतिमा फर्कन नहुने तर्क राखिसकेका छन ।

यदि राष्ट्रपति भईसकेका ब्यक्ति संबैधानिक रुपमा नै त्यो ब्यवस्था गरिएको हुन्थ्यो भने बिद्याको च्याप्टर नै क्लोज हुने थियो । यसमा कसैले टाउको दुखाउने र बोलिरहनुपर्ने अवस्था नै थिएन तर संबिधानमै त्यो प्राबधान नभए पछि बिद्याले पुनः राजनीतिमा फर्कन पाउने उनको नैसर्गिक अधिकार हो । भण्डारीले सक्रिय राजनीतिमा आउनकै लागि नै पार्टी सदस्यता नविकरण गरिसकेका थिए तर भण्डारीले सिंगो एमालेलाई गोलबद्ध गर्ने, बामपंथीहरुलाई एक ठाँउमा ल्याउने संभावना बढ्दै गएपछि अनि एमाले नै कब्जा गर्ने भएपछि केपी शर्मा ओली आतिएका देखिन्छन ।

यही त्रासदीको परिणाम नै आफैले प्रस्ताव गरेर एमालेमा पार्टी अध्यक्ष दुई कार्यकाल र ७० बर्षको म्याद प्रस्ताब गरेर पारित गरेका ओलीले पुनः त्यो प्राबधान हटाएका छन भने बिद्याको बाटो छेकिदिएका छन । एकातिर भण्डारी जसरी पनि राजनीतिमा सक्रिस हुनैपर्ने र ओली बाँचुन्जेल सम्म एमालेको अध्यक्ष बन्ने आशय एकअर्कामा मेल नखाने बिषयहरु हुन । जुन नांगो ढंगले ओलिले त्यो पारित गराएका छन । यो अवस्थामा अब कि बिध्या भण्डारी सकिनेछन कि त केपी ओली सकिनेछन ।

 

“अबको बाटो भनेको दुई मध्ये एक सक्किने नै हो । यस्तो अवस्थामा अब एमाले कस्ले कब्जा गर्ने भन्ने प्रमुख ध्यान हुन्छ त्यही भएर नै बिध्या भण्डारीलाई एमालेमा केपी ओलीले ढोकै बन्द गरिदिए ।”

(जीवनप्रसाद राई )

सर्बसाधारणले नबुझ्ने गम्भिर बिषय :

एमालेका तत्कालिन महासचिव एवं बिद्या भण्डारीका श्रीमान स्व. मदनकुमार भण्डारीको रहस्यमय दासढुंगामा हत्या भएपछि केपी ओली र बिद्या एमाले भित्र एकअर्काका सहयोगी तथा एउटै लाईनमा थिए । ३० बर्षको लामो सहकार्य पछि अहिले अचानक रुपमा देखिएको दृश्य आम नेपालीको लागि अविश्वासनीय खालको रहेको छ । बाहिरबाट हेर्दा एउटै खेमामा देखिएका बिध्या र केपी ओलीका बीचमा फाटो ल्याउने तत्व पर्दा पछाडि रहेको छ । यो खेल नेपाल भित्रबाट खेलिएको छैन यसको फयाक्टर अन्तराष्ट्रिय रुपमा रहेको छ । बिशेषगरि अमेरिका र पश्चिमाहरु बीच जुन संकट आएको छ त्यही संकटको नमुना नै नेपालमा देखिएको छ । त्यो नतिजा एमालेमा मात्रै होईन अन्य राजनीतिक दलहरुमा समेत देखिएको छ । अहिले सबै राजनीतिक दलहरुमा संकट बाहिर देखिने गरिनै सल्बलिएको देखिन्छ ।

मदन भण्डारीको दासढुंगामा हत्या भएपछि नै केपीको उदय भएको देखिन्छ । अहिलेको एमाले बनाउने जुन पृष्ठभुमिका मानिसहरु बिस्तारै पाखा लगाईए । एमाले बनाउने व्रmममा केपी ओली जेलमै थिए यसैले एमाले बनाउने भुमिका उनको खासै थिएन । तर मदन भण्डारीको हत्या नै उनका लागि अवसर बन्यो । बिध्या भण्डारीलाई पनि केपीको साथ चाहिने थियो एमालेमा आफ्नो स्थान सुरक्षित बनाउनका लागि भने केपी ओलिलाई पनि बिध्या भण्डारी जस्तो ब्यक्तिको आवश्यकता थियो । यही आवश्यकताका कारणले नै बिध्या र केपी ओलि बीचमा लामो सहकार्य भएको देखिन्छ । तर चतुर खेलाडी केपी ओलिले ३० बर्ष सम्म बिध्यालाई उपयोग गरेको बिषय बिध्याले अहिले मात्रै चाल पाएका छन ।

 

“भण्डारीलाई लागेको थियो कि अब एमालेमा सक्रिस राजनीति गर्न पनि केपीले आफुलाई सहज रुपमा नै सहयोग गर्नेछन  तर यो बिषयमा भने बिध्या चार बल्ढयाङ खाएका छन । हो यही बिषय नै आम सर्बसाधारण नागरिक तथा एमालेका कार्यकर्ताले नबुझ्ने बिषय हो ।”

यदि अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुको भनाईलाई मान्नु नपर्ने थियो भने केपी ओलीले भण्डारीलाई एमालेको अध्यक्ष तथा प्रधानमन्त्री बन्नलाई सहयोग गर्ने थियो । केपी ओलि नांगो रुपमा नै बिध्याको सदस्यता नविकरण नभएको भनेर आज जुन रुपमा ओर्लिएका छन त्यो उनको आफ्नो बिवेकले गरेको हैन पश्चिमा फ्याक्टरबाट भएको हो । अहिले बिध्या भण्डारी पनि केपी ओलि संग जुन रुपमा पैठेजुवारी खेलिरहेका छन त्यो पनि उनको आफ्नो बिवेकले हैन अन्यत्रैको बहकाउमा लागेर नै भएको देखिन्छ ।

को कसरी सकिन्छन त ?

जो जसरी सकिए पनि त्यो एमालेका लागि धेरै ठुलो नोक्शानी हुनेछ । तर अन्तराष्ट्रिय शक्ति राष्ट्रहरुले एमालेमा जुन लगानी गरेका थिए त्यो लगानी उनीहरुको चाहना बमोजिम काम हुन सकेन यसै कारणले गर्दा अन्तराष्ट्रिय शक्तिकेन्द्रहरु समेत नांगो रुपमा नै देखापरिरहेका छन । एनजिओ मार्फत एमालेमा धेरै ठुलो चलखेल भएको थियो । एमालेमा नै बढी किन खेल भएको थियो भने एमाले जतिको सुदृढ, अनुशसित कार्यकर्ता, संगठनमा चुस्तता भएको अर्को कुनै पार्टी नै नभएकोले बिदेशीहरुले एमालेलाई बढी मात्रामा प्रयोग गर्ने नीति लिएका थिए । त्यही मुताविक नै ओलिलाई पहिला देखि नै प्रयोग गर्दै आएका थिए । अहिले अन्तराष्ट्रिय शक्ति केन्द्रहरु पनि धेरै खेमामा बिभाजित भएका छन त्यो खासगरि अमेरिकाको आर्थिक संकट संगै पश्चिमा देशहरुमा बिभाजन देखापरेको छ । अब जति नै सुकै अवस्थामा पनि पश्चिमाहरु एक भएर लड्न सक्ने संभावना रहने छैन त्यो युक्रेन युद्धमा पनि जर्मनी र फ्रान्सले लिएको अडान संगै स्पष्ट रुपमा पश्चिमा मुलुकहरु एक हुने छैनन भन्ने टुंगो लागिसकेको छ । बिस्तारै अमेरिकी दबदवा अब सकिन्दैछ भने अर्कोतिर रसिया र चीनको उदय भईरहेको छ । जसका कारण नेपालमा केपी ओलि र बिद्या भण्डारीको भिडन्त देखिएको हो । यही बिषय आम सर्बसाधारणले बुझ्दैनन ।

अब बिदेशीहरुको चाहना बमोजिम केपी वा बिध्या मध्ये एकजना कसरी सकिन्छन त ? भन्ने बिषय निकै चासो भएको छ । केपी ओलि अहिले संस्थापन र सम्पुर्ण केन्द्रिय सदस्यहरुको समर्थनमा रहेकोले उनको अवस्था निकै मजबुत नै रहेको छ । एकातिर आफु नै एमालेको तेस्रो कार्यकाल पनि अध्यक्ष बन्ने बाटो पनि खोलिसकेकोले सकभर धेरै एमालेजनले उनलाई नै समर्थन गर्ने देखिन्छ । तर उनी राजनीतिक भन्दा पनि अराजनीतिक भएका कारणले जीवनमा उनले इगो, हाँस्यब्यग्य, त्रास, बदलाबको भावना र सहाराले सधै काम गरिरहे त्यही कुरा बिध्याको सदस्यता बिषयमा पनि नांगो रुपमा देखाए । यदि उनी राजनीतिक ब्यक्तित्व भएका थिए भने बिध्यालाई सजिलै संग र कसैले एक छेस्का केही नबुझ्ने गरि नै पाखा लगाउन सकने थिए ।

 

“राजनीतिक ब्यक्तित्वले यस्ता बिषयहरुलाई कसैलाई नबिझने गरि नै पाखा लगाएका संसारभर धेरै ईतिहास रहेका छन । सदस्यता भन्दा बिध्यालाई पाखा लगाउन र चुप लगाउन अन्य धेरै अस्त्रहरु थिए र छन तर उनी सदस्यताकै बिषयमा किन यसरी नांगो रुपमा प्रस्तुत भए भन्ने बिषयमा सोच्ने हो भने यही नै उनको असफलता हो र असक्षमता हो भन्ने बुझ्नुपर्दछ ।”

ओलि सकिने र बिध्या आफै सकिने अब बिध्याकै हातमा छ । अहिलेकै परिवेशमा छलफल गर्दा बिध्या भण्डारी नै चाडै सकिने संभावना बढी देखिन्छ । किनभने बिध्या भण्डारीसंग पनि राजनीतिक भिजन नै छैन, बिचार बिना मानिस धेरै परसम्म पुग्न सक्दैन र ओलि जस्तो ब्यक्ति संग लड्न सक्दैन । तर बिध्या भण्डारीले अब तत्कालै बिचार उत्पादन गर्न नसके पनि उनी एमालेमा स्थापित ब्यक्ति चाहि हुन । उनलाई आवश्यक परेको खण्डमा केपीलाई भन्दा बढी एमालेजनले बिध्यालाई नै समर्थन गर्नेछन तर अहिलेकै अवस्थामा भने समर्थन गर्दैनन त्यो केन्द्रिय समितिमै देखियो । तर बिध्या भण्डारीले अब स्पष्ट रुपमा नेपाली बामपंथी राजनीति, नेपालको आर्थिक खाका, सहितको स्पष्ट बिचार ल्याउन सकेमा र नेपालको बामपंथी ईतिहास खासमा एमालेमा एमाले बनाउनमा भुमिका खेलेका मानिसहरु कसरी पाखा लगाईएको भन्ने ईतिहास गहिरो संगले अध्ययन गरि त्यसलाई सच्याउने गरिको कार्यव्रmम, अनि केपी ओलि संगको झगडा किन र केका लागि ? भन्ने स्पष्ट दृष्टिकोण मात्रै प्रस्तुत गर्न सके उनका पछि धेरै बामपंथी तथा पुराना नयाँ एमालेजनले सहयोग गर्नेछन ।

यति मात्रै गर्न सकेको खण्डमा बिध्या भण्डारीलाई कसैले पनि पराजित गर्न सक्ने छैनन । यो अडान मात्रै लिन सकेका खण्डमा केपी आफै सकिनेछन । किनकि केपीको धरातल भनेको एमालेको जगमा भन्दा अन्यत्रैको जगमा उभिएको ब्यक्तित्व हो । त्यही कारण नै आजको दिनमा उनी कैयौपटक सत्तामा गए पनि नेपाल र नेपालीको तात्विक परिवर्तन नभएको हो । बिध्या भण्डारीको जग भनेको एमाले नै हो उनी र उनको भावना भनेको मदन भण्डारी संग जोडिएको हो । आजको एमाले बनाउनमा मदन भण्डारीको योगदान धेरै जोडिएको छ । यसैले बिध्या आफै सकिने पनि उनकै हातमा र आफै जित्ने पनि उनकै हातमा रहेको छ । तर अहिलेकै अवस्थाबाट बिध्याको जित हैन हार निश्चित छ । यसैले उनले फरक बाटो तय गरेर अघि बढ्नुपर्ने देखिन्छ ।

(बिश्लेषक जीवनप्रसाद राई कुषि पर्यटन अभियन्ता एवं लेखक हुन, राजनीति शास्त्रका स्नातकोत्तर उनी समसामयिक बिषयमा समेत लेख्ने र बिश्लेषण गर्ने गर्छन ।-सह सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖