खोटाङकी १४ वर्षीया एक छात्रा साथीहरूबाटै सामूहिक बला’त्कृत

खोटाङ । कक्षा आठमा पढ्ने खोटाङकी १४ वर्षीया एक छात्रा साथीहरूबाटै सामूहिक बला!त्कृत भएकी छिन् । विद्यालयबाट घर फर्कँदै गरेकी उनलाई कक्षा नौमा पढ्ने दुई छात्रले बला!त्कार गरेका हुन् ।

विद्यालयबाट घर फर्कने क्रममा ‘तिमीसँग कुरा गर्नु छ’ भन्दै अघिपछि लागेका दुईजनाले जंगलको बिचमा बाटो छेकेर रातभरि पालैपालो बला!त्कार गरेको पीडितले बताएकी छिन् । ‘१९ साउनमा साढे ४ बजे विद्यालयबाट घर फर्कँदै थिएँ । एकजना दाजुले तिमीसँग कुरा गर्नु छ भने । मसँगै पढ्ने साथीहरू आ–आफ्नो घर गइसकेका थिए ।

एक्लै भएकाले छिटो–छिटो हिँडिरहेकी थिएँ,’ उनी भन्छिन्, ‘केही बेरमा उनीहरू दुईजना आए । बाटो छेकेर एकछिन हामीसँग बस भने । उनीहरूले अर्को एकजना भाइलाई चटपटे ल्याइमागेका रहेछन् । बसेर चटपटे खायौँ । त्यति खाइसकेपछि बाटो नजिकै रहेको ओढारमा लगे । उनीहरूले मलाई बोल्न दिएनन् । त्यसपछि पालैपालो बलात्कार गरे ।त्यसपछि के–के गरे थाहा छैन । बिहान होस खुल्दा एक्लै थिएँ ।’

विद्यालय गएकी बालिका साथीहरूबाटै बला!त्कृत भएको जानकारी पाएपछि आफन्तले २० साउनमा जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता गराएका छन् । विद्यालयबाट घर फर्कँदै गरेकी बालिकालाई बाटो छेकेर सामूहिक बला!त्कार गरेको पुष्टि भएपछि दोषीमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराइएको बालिकाका आफन्तले बताएका छन् । बालिका बला!त्कृत भएको उजुरी कार्यालयमा परेलगत्तै सोही राति बालिकाको स्वास्थ्य परीक्षण गराएर २१ साउनमा दुईजनाविरुद्ध किटानी जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए ।

विद्यालय गएकी बहिनी बेलुका अबेरसम्म नफर्किएपछि खोजी गर्दा भोलिपल्ट बिहान ५:३० बजे घरभन्दा करिब पाँच सय मिटरपरको राम्चेभिरस्थित ओढारमा झोक्राइरहेको अवस्थामा फेला पारेको बालिकाको दाजुले बताए । ‘१९ साउन विद्यालय गएकी बहिनी अबेरसम्म घर आइनन् । रातभर खोजी गर्‍यौँ । फेला परिनन्,’ उनले भने, ‘ओढारभित्र एक्लै झोक्राएको अवस्थामा फेला परेकी बहिनीलाई सोध्दा एउटै विद्यालयमा पढ्ने दुईजना छात्रले बला!त्कार गरेको बताइन् । नाबालक बहिनीमाथि बला!त्कार गर्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेर जाहेरी दिएका हौँ ।’- नयाँ पत्रीकाबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।