नेकपा एमालेको प्रदेश बैठक र हिलेको स्पष्ट सन्देश

जीवनप्रसाद राई । पछिल्लो समय धनकुटाको पर्यटन क्षेत्रको बारेमा चौतर्फी चर्चा परिचर्चाका बीचमा नेकपा एमालेले कोशी प्रदेश कमिटिको बैठक धनकुटाको हिलेमा आयोजना गर्ने निर्णय गरेर स्पष्ट रुपमा कोशी प्रदेशको हिले साच्चिकै हिल स्टेशन उपयुक्त छ भन्ने सन्देश दिएको छ । यही २०८२ साल साउन २७ र २८ गते सम्पन्न उक्त बैठकमा १३ जिल्लाका ३ सय भन्दा बढी प्रतिनिधिहरु जम्मा भएका थिए । कान्जिरोवा होटलका संचालक उमेश घिमिरेका अनुसार उक्त कार्यक्रममा आउने पाहुनाहरुले १५ लाख रुपियाँ भन्दा बढी रकम हिलेमा खर्च गरेको बताउनु भयो । होटल कान्जिरोवा हिलेमा संचालन भएको यो कार्यक्रमले धनकुटा हिलेले ठुला मेघा ईभेन्टहरु समेत संचालन गर्न सक्ने स्पष्ट सन्देश पनि दिएको छ । यसलाई पर्यटन प्रबर्धन तथा आर्थिक चलायमान हुने बिषय संग पनि जोड्न सकिन्छ । जुन यसप्रकार अन्य कार्यक्रमहरु समेत आयोजना भईरहनु पर्दछ ।

यसरी ठुला कार्यक्रमहरु आयोजना हुनु र बाहिरी जिल्लाबाट मानिसहरु आउनु भनेको खानपिन तथा बास ब्यवस्थापनको मसेत प्रबन्ध गर्ने अवसर स्थानीयहरुले प्राप्त गर्नु हो । यसको नेक्सस कहाँसम्म पुग्छ भने किसानको बारी र भकारी सम्म पुग्दछ । किसानले उत्पादन गरेको चिया, कफी, दाल, चामल, तरकारी, माछामासु, दूध, दही, मसला लगायतको समेत बजारको रुपमा हेर्न सकिन्छ । कृषिको उत्पादनले राम्रो बजार मुल्य पाउनु भनेकै होटल ब्यवसायहरु चल्नु हो । कृषि र होटल बीचको नङ मासुको सम्बन्धले पर्यटन बिकासमा समेत महत्वपुर्ण योगदान राख्नु हो । यसमा यसो भन्न सकिन्छ पर्यटकले होटल चल्छ र होटलले कृषि ब्यवसाय चल्छ । कृषि ब्यवसाय चल्नले किसानको दिनचर्या राम्रो हुने गर्दछ । एउटै शब्दमा भन्ने हो भने पर्यटकहरुको आगमनमा बृद्धि हुनु भनेको सबै ब्यवसाय चल्नु हो ।

 

धनकुटामै एमाले प्रदेश कमिटिको बैठक आयोजना हुनुमा धनकुटा एमालेको योगदान निकै महत्वपुर्ण मानिनु पर्दछ । यसैगरि धनकुटा एमालेले भनेको बिषय प्रदेश एमालेले समेत मानिदिएकाले पनि दुवैलाई धन्यवाद दिनुपर्दछ । यसको अर्थ र मर्म यतिमै मात्रै सकिन्दैन । एमालेले यो कार्यक्रम गर्नुको सन्देश भनेको अन्य पार्टीहरुका लागि पनि हो । नेपालमा एमाले, काँग्रेस, माओवादी, राप्रपा जस्ले कार्यक्रम गरे पनि प्रदेश कमिटिमा एमाले जति नै प्रतिनिधि अन्य पार्टीका पनि हुनेछन । त्यति नै मात्रामा होटल तथा होमस्टेमा बस्ने पाहुनाहरु हुनेछन । खानपिन गर्ने मात्र त्यतिनै हुनेछ भन्न सकिन्छ । यसैले यसप्रकारका कार्यक्रम संचालन गर्नका लागि धनकुटाका राजनीतिक तथा ब्यवसायीहरु लाग्नु पर्दछ । अब एमालेले यहाँ कार्यक्रम गरिसकेपछि काँग्रेसले धनकुटामा किन नगर्ने ? यसैगरि माओवादी तथा अन्य दलले पनि किन नगर्ने त ? भन्ने दबाब सिर्जना हुन सक्दछ । र त्यो सिर्जना गरिनु पनि पर्दछ ।

यस प्रकारका संगठन केवल राजनीतिक दलका मात्रै हुदैनन अन्य थुप्रै संगठनहरु हुन्छन यसैगरि राजनीतिका भातृ संगठनहरु समेत हुन्छन । जस्तै पत्रकारहरुको संगठन, वकिलहरुको संगठन, डाक्टरहरुको संगठन, किसानहरुको संगठन, ब्यापारीहरुको संगठन, बिधार्थीहरुको संगठन, उधोगीहरुको संगठन, शैक्षिक संस्थाहरुको संगठन लगायतका संगठनहरु हुन्छन । ति संगठनको माथिल्लो निकायमा पुग्ने र धनकुटाको हिले यस्ता संगठनहरुको लागि कार्यक्रम गर्नका लागि उपयुक्त छ भनी प्रस्ताव लाने तथा कन्भिन्स गर्न जरुरी समेत देखिन्छ । त्यो काम जसरी नेकपा एमालेले सफलतापुर्वक सम्पन्न गरेको छ त्यसैगरि अन्य पार्टी तथा बिभिन्न संगठनले समेत गरिनु पर्दछ । यसका लागि धनकुटेलीहरुले नै गर्नुपर्ने हुन्छ ।

 

३ सय प्रतिनीधि आउदा १५ लाख सम्म पैसा भित्रिने कार्यक्रमहरुले ६ सय आउदा सिधै ३० लाख भित्रिने देखिन्छ । यही आधारमा हिसाब गर्दा २ हजार जना पर्यटक भित्राउँदा १ करोड रकम आर्जन हुन सक्ने संभावना रहन्छ । बार्षिक १ अर्ब रकम भित्राउनका लागि २ लाख पर्यटक भित्राउँदा पुग्छ । यो लक्ष्य राख्नका लागि कुनै आईतबार पर्खन पर्दैन । यसमा अब धनकुटाले एकदमै राम्रो पहल गर्नुपर्दछ । अहिलेकै संरचनाबाट पनि यो संभावना रहन्छ । धनकुटाका लागि आन्तरिक पर्यटकहरु भन्दा पनि बाह्य पर्यटकहरुमा बढी संभावना रहेको बिषय हामीले भुल्न हुदैन । त्यो हो बिहार, पश्चिम बंगाल र बंगलादेश । जहाँ ४२ करोड मानिसहरु बसोबास गर्दछन भने काठमाण्डौ भन्दा धेरै नजिकमा यी ठाँउहरु रहेका छन । यति ठुलो संभावनालाई हामीले नजिकैबाट नियाल्नु आवश्यक रहेको छ ।

सहभागीहरुको प्रतिकृया :

३ सय भन्दा बढी सहभागीता रहेको यस कार्यक्रममा अधिकांश सहभागी प्रतिनिधिहरु पहिलोपटक धनकुटा हिलेमा पाईला राखेका थिए । यसका साथै यहाँको तोङवाचोक, हिले बजारको दृश्य, बक्रकुण्ड, उत्तरपानी, पाख्रीबास लगायतको दृश्य आदिले सबैलाई मनमोहक र मन्त्रमुग्ध बनाएको थियो । साउनमा पनि बाक्लो लुगाएर बस्नुपर्ने र बेलुका सिरक वा ब्लाङकेट नै ओड्नुपर्ने, खालको बातावरण धेरैको लागि स्मरणीय बनेको थियो । खानेकुराको स्वाद, चिसोले रुच्नु आदिले सहभागीहरुले सधै हिले सम्झने नै छन ।

 

यससंगै केही तितोपन पनि सहभागीहरुले पोखेर गएका छन त्यो हो एउटै कोठा अरुबेला भन्दा दुई गुण सम्म भाडा लिए भन्ने । यस बिषय भने यहाँका हामी होटल संचालकहरुले राम्रो संगले बुझ्नुपर्ने मात्रै नभएर समिक्षा समेत गर्नुपर्ने हुन्छ । उत्तरपानी स्थित नयाँ खोलिएको तामाङ सामुदायिक होमस्टेले समेत पाहुनालाई राख्ने अवसर प्राप्त गरेको छ । यसबाट यो होमस्टेले हिलेमा हुने मेघा ईभेण्टहरुमा सम्झनै पर्ने होमस्टेको रुपमा स्थापित भएको छ ।

एमाले कोशी प्रदेश कमिटिले देखाएको यो बाटो धनकुटाको संमृद्धि र पर्यटन बिकासमा महत्वपुर्ण र दीर्घकालीन रुपमा अर्थ राख्ने कार्यक्रमको रुपमा ब्याख्या र बिश्लेषण गरिनु पर्दछ । जय धनकुटा ।।

(लेखक राई बिगत ३५ बर्ष देखि कृषि पर्यटन अभियानमा संलग्न ब्यक्ति हुन् भने हाल धनकुटा कृषि पर्यटन मोडल स्थापित गर्न ब्यवहारिक अभ्यास गर्दै होमस्टे संचालन गरिरहेका ब्यक्ति हुन । -सहसम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖