जनशक्ति नहुँदा प्रादेशिक अस्पताल भद्रपुरमा रहेको एनआइसीयु उपकरण प्रयोगविहीन
झापा । प्रादेशिक अस्पताल भद्रपुरमा जनशक्ति नहुँदा १२ वर्षअघि प्राप्त (नवजात सघन हेरचाह इकाई) एनआइसीयु उपकरण अझै प्रयोगविहीन अवस्थामा छन्।
केन्द्रीय सरकारबाट प्रदेश सरकार अन्तर्गत ल्याई मेची अस्पताललाई प्रादेशिक अस्पताल भद्रपुर नाम दिइएको लामो समय बितिसक्दा पनि एनआइसीयु सेवा सुरू हुन सकेको छैन।
त्यसैले प्रसूति गराउन आउने गरिब तथा विपन्न परिवारलाई महँगो शुल्क तिरेर निजी अस्पताल जानुपर्ने बाध्यता छ।


