जेनजी प्रदर्शनमा सहादत प्राप्त गर्नुभएका कुथुमीको शव धनकुटा ल्याइयो
धनकुटा,१ असोज । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका धनकुटाको पाख्रिबास नगरपालिका १० का ६० वर्षीय छत्रमान कुथुमीको पार्थिव शरिरलाई धनकुटा ल्याइएको छ ।
नेपाली सेनाको हेलिकप्टर मार्फत कुथुमीको शव हिजो सांझ गृह जिल्ला ल्याइएको हो ।
कुथुमीको आज पराम्परा अनुसार अन्तिम संस्कार गरिएको नेकपा एमाले पाख्रिबास नगर कमिटि अध्यक्ष सिताराम राईले जानकारी दिए ।


