विपिन जोशीको मृत्यु पुष्टि,शव आजै इजरायल पठाउने घोषणा

एजेन्सी । हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी अब जीवित नरहेको पुष्टि भएको छ। हमासको सैन्य शाखाले शुक्रबार सार्वजनिक गरेको सूचीमा विपिन जोशीसहित चार बन्धक मृतकको रूपमा नाम उल्लेख गर्दै शव इजरायललाई फिर्ता गर्ने घोषणा गरेको हो।

हमासले फिर्ता गर्न लागेको शवहरूमा नेपाली विद्यार्थी विपिन जोशीसँगै इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन्। हमासले रेडक्रसका अधिकारीमार्फत आजै ती शवहरू इजरायलतर्फ बुझाउने जनाएको छ।

यसअघि आज बिहानै इजरायली प्रधानमन्त्री कार्यालय र सेनाले पनि जोशी जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली दूतावासलाई दिएका थिए। यो जानकारीसँगै जोशीका परिवार र नेपाली समुदायमा गहिरो शोक छाएको छ।

विपिन जोशीलाई २०८० असोज २३ गते हमासका लडाकूहरूले इजरायलको किबुट्ज अलुमिमबाट अपहरण गरेका थिए। उनी कृषि तालिमका लागि गएका १७ नेपाली विद्यार्थीमध्ये एक थिए। सो दिन भएको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने विपिन अपहरणमा परेका थिए।

गत महिना हमासले सार्वजनिक गरेको एक भिडियोमा विपिन जोशी जीवित देखिएका थिए। उनले आफ्नो नाम र देश बताउँदै सहयोगको अपिल गरेका थिए। त्यसपछि उनको अवस्था अज्ञात रहँदै आएको थियो।

हमासले आज रेडक्रसको उपस्थितिमा आफ्नो नियन्त्रणमा रहेका २० जना बन्धक इजरायललाई फिर्ता गरेको छ। यससँगै दुई वर्षदेखि जारी युद्धविरामका प्रयासबीच विपिन जोशीको मृत्युसमाचारले युद्धको मानवीय त्रासदी पुनः उजागर गरेको छ।

नेपाल सरकारले विपिनको निधनप्रति दुःख व्यक्त गर्दै उनको परिवारप्रति समवेदना प्रकट गरेको छ। विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै “विपिन जोशीको बलिदानले नेपाली श्रमिक र विद्यार्थीको सुरक्षाबारे अन्तर्राष्ट्रिय स्तरमा गम्भीर सोच आवश्यक छ” भनेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।